रवि लामिछानेविरुद्ध प्रेस काउन्सिलमा उजुरी « Khabarhub

रवि लामिछानेविरुद्ध प्रेस काउन्सिलमा उजुरी


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्यूज २४ टेलिभिजनमा प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेविरुद्ध प्रेस काउन्सिलमा उजुरी परेको छ ।

कञ्चनपुरका पत्रकार खेम भण्डारीले लामिछानेविरुद्ध काउन्सिलमा उजुरी दर्ता गरेका हुन् ।

कञ्चनपुरकी भीमदत्तनगरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणसँग सम्बन्धित कार्यक्रममा आफूलाई बोलाएर पत्रकार आचारसंहिताको उल्लंघन हुने गरी कार्यक्रम प्रसारण गरेको भन्दै भण्डारीले लामिछानेविरुद्ध उजुरी दर्ता गरेका हुन् ।

‘…रवि लामिछानेले पत्रकारिताका आधारभूत सिद्धान्त, मान्यता, विश्वव्यापी रुपमा प्रचलित आचारसंहिता तथा देशभित्रकै आचारसंहिताको नग्न उल्लंघन गर्दै मलाई बदनाम गर्ने तथा निर्मला प्रकरणलाई दवाउन भइरहेका विभिन्न प्रयासलाई सघाउने काममा मतियारको भूमिका गरेका छन्,’ भण्डारीले काउन्सिलमा दर्ता गरेको उजुरीमा भनेका छन् ।

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणसँग सम्बन्धित रहेर साउन २१ गते प्रसारित कार्यक्रममा आफूलाई मात्र ‘गेस्ट’को रुपमा बोलाउनुपर्ने शर्तको उल्लंघन गरिएको पनि भण्डारीको आरोप छ ।

भण्डारीका अनुसार ‘सिधा कुरा जनतासँग कार्यक्रम’को टिमले २०७६ साउन ११ गतेबाट निर्मला प्रकरणकाबारे सामग्री प्रस्तुत गरिएको थियो । १६ साउन २०७६ को कार्यक्रममा आफ्ना फेसबुक स्टाटस तथा आफू सम्पादक रहेको अखबारका विषयलाई लिएर असन्तुलित तथा एकतर्फी सामग्री प्रस्तुत गरिएको पनि भण्डारीको आरोप छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  १२ : ३७ बजे

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.