रवि लामिछानेविरुद्ध प्रेस काउन्सिलमा उजुरी « Khabarhub

रवि लामिछानेविरुद्ध प्रेस काउन्सिलमा उजुरी


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्यूज २४ टेलिभिजनमा प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेविरुद्ध प्रेस काउन्सिलमा उजुरी परेको छ ।

कञ्चनपुरका पत्रकार खेम भण्डारीले लामिछानेविरुद्ध काउन्सिलमा उजुरी दर्ता गरेका हुन् ।

कञ्चनपुरकी भीमदत्तनगरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणसँग सम्बन्धित कार्यक्रममा आफूलाई बोलाएर पत्रकार आचारसंहिताको उल्लंघन हुने गरी कार्यक्रम प्रसारण गरेको भन्दै भण्डारीले लामिछानेविरुद्ध उजुरी दर्ता गरेका हुन् ।

‘…रवि लामिछानेले पत्रकारिताका आधारभूत सिद्धान्त, मान्यता, विश्वव्यापी रुपमा प्रचलित आचारसंहिता तथा देशभित्रकै आचारसंहिताको नग्न उल्लंघन गर्दै मलाई बदनाम गर्ने तथा निर्मला प्रकरणलाई दवाउन भइरहेका विभिन्न प्रयासलाई सघाउने काममा मतियारको भूमिका गरेका छन्,’ भण्डारीले काउन्सिलमा दर्ता गरेको उजुरीमा भनेका छन् ।

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणसँग सम्बन्धित रहेर साउन २१ गते प्रसारित कार्यक्रममा आफूलाई मात्र ‘गेस्ट’को रुपमा बोलाउनुपर्ने शर्तको उल्लंघन गरिएको पनि भण्डारीको आरोप छ ।

भण्डारीका अनुसार ‘सिधा कुरा जनतासँग कार्यक्रम’को टिमले २०७६ साउन ११ गतेबाट निर्मला प्रकरणकाबारे सामग्री प्रस्तुत गरिएको थियो । १६ साउन २०७६ को कार्यक्रममा आफ्ना फेसबुक स्टाटस तथा आफू सम्पादक रहेको अखबारका विषयलाई लिएर असन्तुलित तथा एकतर्फी सामग्री प्रस्तुत गरिएको पनि भण्डारीको आरोप छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  १२ : ३७ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको