साङयोङको मुस्सो ग्रान्ड मोडलको गाडी नेपाली बजारमा « Khabarhub

साङयोङको मुस्सो ग्रान्ड मोडलको गाडी नेपाली बजारमा


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरियाली गाडी उत्पादन कम्पनी साङयोङले नयाँ उत्पादन नेपाली बजारमा लञ्च गरेको छ । काठमाडौंमा मंगलबारबाट शुरु भएको नाडा अटो शोमा कोरियाली कम्पनी साङयोङले मुस्सो ग्रान्ड मोडलको गाडी सार्वजनिक गरेको हो ।

राजधानीको भृकुटीमण्डपमा साङयोङ द अथेन्टिक सटः मुस्सो ग्रान्ड ४ बाइ ४ बेस्ट भ्यालु अवार्ड विजेता, पहिलो पटक यो प्रदर्शनीमा राखिएको छ, जसको उद्घाटन अर्थमन्त्री डा। युवराज खतिवडाले गरेका हुन् ।

नेपाली उपभोक्ताका लागि कार बिक्री खुला गरिएको नेपालका लागि कम्पनीको आधिकारिक विक्रेता आइएमएस मोटर्सले जानकारी दिएको छ । आइएमएसले अटो सोका अवसरमा योसँगै ६ मोडलका कार प्रदर्शनीमा राखेको छ ।

नयाँ उत्पादन नेपाली बजारमा भित्र्याएसँगै साङयोङले विभिन्न अफर समेत सार्वजनिक गरेको छ । आकर्षक मूल्य र उपयोगिताका हिसाबले पनि नेपाली उपभोक्ताबीच यो कार लोकप्रिय हुने विश्वास कम्पनीले लिएको बताएको छ ।

यो कार खरिदकर्ताले एक वर्षको बिमा, एक वर्षको सवारी करसमेत छुट प्राप्त गर्नेछन् । यसैगरी, पाँच वर्षको निःशुल्क सर्भिसिङ्ग, तीन वर्षको वारेन्टी, मासिक सरल किस्ता पनि प्राप्त गर्ने विक्रेताले जानकारी दिएको छ।

साङयोङ मुसो ग्रान्डको सुरुवाती मूल्य ७३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । साथसाथै पाँच वर्षे निःशुल्क सर्भिस, निःशुल्क बिमा अनि रु. २५ हजार बराबरको बराबरका पाटपूर्जा ग्राहकहरुलाई प्रदान गर्ने छ ।

साङयोङ कोरियाको चौथौ ठूलो गाडीहरु उत्पाद गर्ने कम्पनी हो । सन् १९५४ देखि सुरुवात गरिएको यस कम्पनीको गाडीहरु आफ्नो आधुनिक स्टाईल अनि उत्कृष्ट प्रदर्शनको लागि चिनिने गर्छन् जसको मुल कारन कम्पनीका दक्ष ईन्जिनियरहरु हुन् ।

उनीहरुका अन्य मोडलहरु जस्तै एसयुभीएस पीकअप ट्रक्स र एमपीभीएस रहेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  २ : ४५ बजे

इलामका किसान अलैँची रोप्न व्यस्त

इलाम– इलामको माङसेबुङ गाउँपालिका–२ पावाका युवा मिलन लिम्बूले यस पटक

सुनको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।

इरानी आक्रमणको डरले गाडी बोक्ने विमान चढेर ट्रम्प बेलायत पुगेको खुलासा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीबाट बेलायत जाने

सीटीईभीटीका करार र ज्यालादारी श्रमिकबाट धर्ना (तस्बिरहरू)

भक्तपुर– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार,

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प: मृतकको संख्या १३२ पुग्यो, ४८० भन्दा बढी घाइते

बोगोटा – कोलम्बियामा विगत केही वर्षयताकै शक्तिशाली भूकम्प जाँदा कम्तीमा