साङयोङको मुस्सो ग्रान्ड मोडलको गाडी नेपाली बजारमा « Khabarhub

साङयोङको मुस्सो ग्रान्ड मोडलको गाडी नेपाली बजारमा


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरियाली गाडी उत्पादन कम्पनी साङयोङले नयाँ उत्पादन नेपाली बजारमा लञ्च गरेको छ । काठमाडौंमा मंगलबारबाट शुरु भएको नाडा अटो शोमा कोरियाली कम्पनी साङयोङले मुस्सो ग्रान्ड मोडलको गाडी सार्वजनिक गरेको हो ।

राजधानीको भृकुटीमण्डपमा साङयोङ द अथेन्टिक सटः मुस्सो ग्रान्ड ४ बाइ ४ बेस्ट भ्यालु अवार्ड विजेता, पहिलो पटक यो प्रदर्शनीमा राखिएको छ, जसको उद्घाटन अर्थमन्त्री डा। युवराज खतिवडाले गरेका हुन् ।

नेपाली उपभोक्ताका लागि कार बिक्री खुला गरिएको नेपालका लागि कम्पनीको आधिकारिक विक्रेता आइएमएस मोटर्सले जानकारी दिएको छ । आइएमएसले अटो सोका अवसरमा योसँगै ६ मोडलका कार प्रदर्शनीमा राखेको छ ।

नयाँ उत्पादन नेपाली बजारमा भित्र्याएसँगै साङयोङले विभिन्न अफर समेत सार्वजनिक गरेको छ । आकर्षक मूल्य र उपयोगिताका हिसाबले पनि नेपाली उपभोक्ताबीच यो कार लोकप्रिय हुने विश्वास कम्पनीले लिएको बताएको छ ।

यो कार खरिदकर्ताले एक वर्षको बिमा, एक वर्षको सवारी करसमेत छुट प्राप्त गर्नेछन् । यसैगरी, पाँच वर्षको निःशुल्क सर्भिसिङ्ग, तीन वर्षको वारेन्टी, मासिक सरल किस्ता पनि प्राप्त गर्ने विक्रेताले जानकारी दिएको छ।

साङयोङ मुसो ग्रान्डको सुरुवाती मूल्य ७३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । साथसाथै पाँच वर्षे निःशुल्क सर्भिस, निःशुल्क बिमा अनि रु. २५ हजार बराबरको बराबरका पाटपूर्जा ग्राहकहरुलाई प्रदान गर्ने छ ।

साङयोङ कोरियाको चौथौ ठूलो गाडीहरु उत्पाद गर्ने कम्पनी हो । सन् १९५४ देखि सुरुवात गरिएको यस कम्पनीको गाडीहरु आफ्नो आधुनिक स्टाईल अनि उत्कृष्ट प्रदर्शनको लागि चिनिने गर्छन् जसको मुल कारन कम्पनीका दक्ष ईन्जिनियरहरु हुन् ।

उनीहरुका अन्य मोडलहरु जस्तै एसयुभीएस पीकअप ट्रक्स र एमपीभीएस रहेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  २ : ४५ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै