वैदेशिक रोजगारीका नाममा ४ लाख ठगी गर्ने एक जना पक्राउ « Khabarhub

वैदेशिक रोजगारीका नाममा ४ लाख ठगी गर्ने एक जना पक्राउ


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा तुर्किमिनिस्तान पठाइदिन्छु भन्दै ठगी गरेर फरार भएका एक जनालाई प्रहरी पक्राउ गरेको छ ।

रामेछापको गंगा गाउँपालिका ३ का ३४ वर्षीय हर्कबहादुर तामाङलाई काठमाडौंको जोरपाटीबाट पक्राउ गरिएको अपराध अनुसन्धान महाशाखाले जानकारी दिएको छ ।

तामाङले भोजपुर पौवादुम्मा गाउँपालिका ६ का उमेशकुमार तामाङलाई तुर्किमिनिस्तानमा सुरक्षा गार्डमा पठाइदिने भन्दै ३ लाख ठगी गरेको प्रहरीले जानकारी दिएको छ ।

मासिक १ हजार २ सय डलर तलब, खान बस्नसमेत कम्पनीले नै दिने प्रलोभन देखाई नक्कली टिकटसमेत बनाएर ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनले अन्य चार जनालाई पनि तीन लाख रुपैयाँका दरले ठगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ६ : ०१ बजे

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित