इँट्टा उद्योगी आन्दोलित « Khabarhub

इँट्टा उद्योगी आन्दोलित


११ भदौ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय सरकारले इँट्टा उद्योगमा कडाई गरेसँगै इँट्टा व्यवसायी आन्दोलित भएका छन् ।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै इँट्टा उद्योग महासंघले स्थानीय सरकारले इँट्टा उद्योगको दर्ता तथा नवीकरणमा झन्झटिलो प्रक्रिया लगाएको र कतिपय स्थानमा इँट्टा भट्टाको उद्योग नै भत्काएको भन्दै व्यवसायी आन्दोलित भएका हुन् ।

केही दिन अगाडी काभ्रेको नमोबुद्ध नगरपालिकाले ईटा भट्टामा डोजर लगाएर भत्काए पछि व्यबसाय धरापमा परेको भन्दै व्यवसायी आन्दोलित भएका छन् । पत्रकार सम्मेलनमा इँट्टा उद्योग महासंघका अध्यक्ष महेन्द्र बहादुर चित्रकारल गर्दै इँट्टा उद्योग महासंघले बिद्यमान एन नियमको अधिनमा रहेर कर तिर्ने सामाजिक उत्तर दायित्व बहन गर्ने व्यवसायीको ब्यबसाय गर्ने हकको हनन हुने गरी अबरोध सृजना गरिएको बताए ।

स्थानीय तहको सरकारले उद्योग प्रतिष्ठानको विकस प्रवद्र्धन र संरक्षण गर्नु पर्नेमा उल्टो डोजर लगाएर सम्पत्ति हानि नोक्सानी गरेको भन्दै महासंघले छानविन गर्न माग गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिस्तरिय निर्णय गर्दै २०७५ जेठ १४ बाट ईटा उद्योगको नविकरणको लागि स्थानीय तहको कार्यपालिकाको बैठकको सिफारिसले मात्रै उद्योग नविकरण हुने व्यवस्था गरेको छ । स्थानीय तहले इँट्टा उद्योग लगायतको दर्ता नविकरण समेतको अधिकार प्रयोग गर्न थाले पछि विवाद बढ्दै गएको छ ।

प्रकाशित मिति : ११ भदौ २०७६, बुधबार  ६ : २२ बजे

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि

आजका समाचार : एनपीएल जारी, चिकित्सा शिक्षा क्षेत्रको सहमति कार्यान्वयन हुने, चक्रपात आँधीको चेतावनी र खाडी मुलुक फेरि जोखिममा 

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई