मन्त्रीकै गाडी ट्राफिकको फन्दामा, नो पार्किङमा रोकेपछि ‘ह्वील लक’ « Khabarhub

मन्त्रीकै गाडी ट्राफिकको फन्दामा, नो पार्किङमा रोकेपछि ‘ह्वील लक’


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय पार्किङ निषेधित क्षेत्रमा राखिएका सवारीसाधनमाथि कडाईका साथ कारवाही गर्दै आएको ट्राफिक प्रहरीले बहालवाला मन्त्रीको गाडीलाई पनि छाडेन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने बा २ झ ४८६२ नम्बरको गाडी ट्राफिक प्रहरीको कारवाहीमा परेको छ । बुधबार नयाँ बानेश्वरको सडक छेऊमा अनधिकृत रुपमा पार्किङ गरिएको मन्त्री महासेठको झण्डावाल गाडीमा ट्राफिक प्रहरीले ‘ह्वील लक क्लाम्प’ लगाएको हो ।

ट्राफिक प्रहरीले ‘नो पार्किङ’ क्षेत्रमा राखिएको गाडीलाई कारवाही स्वरुप ह्वील लक लगाएको स्रोतले बतायो । उक्त गाडीका चालकले एक हजार रुपैयाँ जरिवाना तिरेपछि छाडिएको ट्राफिक प्रहरीले जनाएको छ ।

गाडीमा मन्त्री महासेठ भने सवार नरहेको बताइएको छ । यद्यपि, मन्त्रीकै गाडी ट्राफिक प्रहरीको कारवाहीमा परेपछि भने सामाजिक सञ्जालमा व्यापक चर्चा चुलिएको छ ।

ट्राफिक प्रहरीले मन्त्रीको गाडीमा ह्वील लक लगाउँदै गरेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मन्त्रीको आलोचना गर्नेहरुको भीड लागेको छ ।

अधिकांश फेसबुक प्रयोगकर्ताले मन्त्रीको गाडीमा ह्वील लक लगाउने ट्राफिक प्रहरीको प्रसंशा गरेका छन् । मदन मोहन श्रेष्ठ लेख्छन्, ‘सबै प्रहरी डरछेरुवा र घुस्याहा हुँदैनन् ।’

लक्ष्मण पाण्डे, अशिम के उपाध्याय, लक्ष्मण घिमिरे, सुवास अर्याललगायतले मन्त्रीको गाडीमा ह्वील लक लगाउने प्रहरीको जागिरको भविष्यप्रति चिन्ता व्यक्त गरेका छन् । केहीले ति ट्राफिकलाई वफादार, बहादुर र कामप्रति कर्तव्य निष्ठ प्रहरीको संज्ञा दिएका छन् ।

यसअघि गत असार ११ गते अनाधिकृत रुपमा पार्किङ गरिएको गृह प्रवक्ताको गाडीमा पनि ट्राफिक प्रहरीले ह्विल लक लगाएको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ८ : ४५ बजे

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै

मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खायो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

रविको चिन्ता : घण्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले

‘हामीले बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्षको योजना बनाउन थालौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र