छालामा क्रिम लगाउँदा जीवन खतरामा पार्ने खालका स्वास्थ्य समस्या ! « Khabarhub

छालामा क्रिम लगाउँदा जीवन खतरामा पार्ने खालका स्वास्थ्य समस्या !


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईले छाला सेतो वा गोरो बनाउनका लागि क्रिमको प्रयोग गर्ने गर्नु भएको छ ? छ भने विचार गर्नुहोस् । यस्ता क्रिमहरुले रङ्ग मेट्ने वस्तु जस्तै काम गर्ने गरेको छन् ।

बेलायतको स्थानीय सरकारको सङ्घले विभिन्न ठाउँमा छापा मारेपछि प्राप्त विवरण र जानकारीका आधारमा त्यस्ता उत्पादनहरू “कुनै हालतमा प्रयोग नगर्न” सुझाव दिएको छ ।

त्यस्ता धेरै उत्पादनमा रङ्ग खुइल्याउने हाइड्रोक्विनोन भन्ने तत्व रहेको र तिनमा पारो तत्व (मर्करी) पनि प्रयोग हुनसक्ने बताइएको छ ।

हाइड्रोक्विनोनले छालाको माथिल्लो तह नै नष्ट पारिदिन सक्छ जसले छालाको क्यान्सर, कलेजो र मृगौलामा पनि घातक असर पार्न सक्छ । पारोले पनि जीवन खतरामा पार्ने खालका स्वास्थ्य समस्या निम्त्याउन सक्छ।

द ब्रिटिश स्किन फाउन्डेशनले आफ्नो छालाबारे कुनै चिन्ता भए डाक्टरसँग कुराकानी गर्न आग्रह गरेको छ ।

यस्ता क्रिमले धेरैजसो त्यसमा प्रयोग भएका सामग्री र तिनको मात्रा स्पष्ट रुपमा उल्लेख गर्ने गरेका छैनन् जसले उपभोक्ताहरू खतरामा परेका छन् ।

बीबीसीका अनुसार एलजीएले हालै विभिन्न स्थानबाट कैयौँ उत्पादन नियन्त्रणमा लिएको थियो। डागेनह्यामस्थित एउटा पसलबाट हाइड्रोक्विनोनयुक्त ३६० वटा उत्पादन नियन्त्रणमा लिइएको थियो ।

त्यसमा प्रयोग भएका सामग्रीहरू सही रूपमा उल्लेख गरिएका थिएनन् । पसलेहरूलाई ठूलो जरिवाना लगाइयो । त्यसैगरी साउथवार्क काउन्सिलले छाला गोरो बनाउने २, ९०० प्रकारका क्रिम नियन्त्रणमा लिएको थियो।

एक जना अधिकारी सिमोन ब्ल्याकबर्नले भने “छाला गोरो बनाउने क्रिममा प्रतिबन्धित सामग्रीहरू पाइएका छन् जुन असाध्यै खतरनाक छन्। तिनले तपाईँका स्वास्थ्य खतरामा पार्छन्। जिन्दगीभरिका लागि दागी बनाइदिन सक्छन् या ज्यानै पनि लिन सक्छन्। त्यसैले कुनै हालतमा प्रयोग गर्न हुँदैन।”

“उपभोक्ताले आफूले लगाउने छालाका क्रिममा के तत्व प्रयोग गरिएको छ भन्ने जाँच्नुपर्छ र अति कम मूल्य छ भने कतै नक्कली त होइन भन्ने शङ्का पनि गर्नुपर्छ। हाइड्रोक्विनोन तत्व भएको क्रिम त कहिल्यै प्रयोग गर्न हुँदैन।”

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ७ : ०१ बजे

सांसदहरूसँग एमाले अध्यक्ष ओलीलगायत नेताको छलफल (तस्बिरहरू)

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले संघीय सांसदहरूसँग अन्तरक्रिया गरेको छ

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य 

काठमाडौं- एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभागसँग सम्झौता गरेको

टिस्टुङमा स्वास्थ्य शिविर : ४७७ जना लाभान्वित

काठमाडौं– मकवानपुरको थाहा नगरपालिका–११ टिस्टुङमा शनिबार सञ्चालित स्वास्थ्य शिविरबाट  ४७७

शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न गिरोह पक्राउ

गण्डकी– पोखरामा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न चार विदेशी नागरिकसहित

लहानमा रासायनिक मलको पर्याप्त मौज्दात, थप आपूर्ति पनि हुँदै

जनकपुरधाम– लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडले मलको पर्याप्त मौज्दात रहेको स्पष्ट