मन्त्री अधिकारीसहित हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेको शव काठमाडौं ल्याइँदै | Khabarhub Khabarhub

मन्त्री अधिकारीसहित हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेको शव काठमाडौं ल्याइँदै


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुको शव काठमाडौं ल्याउने तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव काठमाडौं पठाउने तयारी भइरहेको नेपाली सेनाले जनाएको छ ।

एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा ज्यान गुमाएका ७ मध्ये चार जनाको शव बुधबार नै सुकेटारमा ल्याइएको थियो भने बाँकी ३ जनाको शव आज (बिहीबार) बिहान मात्रै सुकेटार ल्याइएको हो ।

बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएपछि वर्षा र हिउँका कारण अन्य शव उठाउने कार्य प्रभावित भएको थियो । त्यसपछि घटनास्थलबाट बोकेरै शव ल्याउने प्रयास गरिए पनि असफल भएपछि आज बिहान सेनाको हेलिकोप्टरद्वारा बाँकी तीन शव ल्याउन लागिएको हो । सुकेटार विमानस्थलमा शव ल्याई पुर्‍याएलगत्तै शव काठमाडौँ पठाइने प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।

विमानस्थलमै सुरक्षा समिति बैठक

दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूका शव काठमाडौँ पठाउनका लागि आवश्यक कानूनी प्रक्रिया पूरा गर्न विमानस्थलमै जिल्ला सुरक्षा समितिको बैठक बसेको छ । आवश्यक कानूनी प्रक्रिया पूरा हुनेवित्तिकै शव काठमाडौँ पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए । मौसममा सुधार आउने बित्तिकै शवहरू काठमाडौँ पठाइने भण्डारीले जानकारी दिए ।

ताप्लेजुङमा निरन्तर हिमपात भइरहेको छ र अधिकांश क्षेत्रमा कुहिरोले ढाकिरहेको छ ।

अधिकारीलाई राजकीय सम्मान दिइने

यसैबीच सरकारले हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ ।

बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मन्त्री अधिकारीको निधनमा शोक व्यक्त गर्दै राष्ट्रि शोकका लागि देशभर र विदेशस्थित कुटनीतिक नियोगमा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

त्यस्तै ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाको विषयमा छानविन गर्न ४ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले पूर्व पर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ४ सदस्यीय छानवीन समिति गठन गरेको हो ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ८ : ०६ बजे

जनताकाबीचमा गएर झुट बोल्ने मन्त्रीलाई कारबाही हुनुपर्छ :  ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अहिले

प्रधानमन्त्री गृहनगर दमक पुग्दा रास्वपाको हस्ताक्षर कार्यक्रममा प्रहरी हस्तक्षेप

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि झापाको दमकमा चलिरहेको

एयर इन्डिया दुर्घटनामा ताजा फोरेन्सिक प्रमाणले भन्यो– ‘चालक दल’ जिम्मेवार

काठमाडौं– एयर इन्डियाको विमान पाइलटले जानाजानी दुर्घटना गराएको हुन सक्ने

धवल शमशेरको चुनौती : लिङ्देको हैकमवाद स्वीकार्दिनँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाले अध्यक्ष राजेन्द्र

मन्त्री गुप्ताको अडियो प्रकरण छानबिन गर्न रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणको