मन्त्री अधिकारीसहित हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेको शव काठमाडौं ल्याइँदै « Khabarhub

मन्त्री अधिकारीसहित हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेको शव काठमाडौं ल्याइँदै


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुको शव काठमाडौं ल्याउने तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव काठमाडौं पठाउने तयारी भइरहेको नेपाली सेनाले जनाएको छ ।

एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा ज्यान गुमाएका ७ मध्ये चार जनाको शव बुधबार नै सुकेटारमा ल्याइएको थियो भने बाँकी ३ जनाको शव आज (बिहीबार) बिहान मात्रै सुकेटार ल्याइएको हो ।

बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएपछि वर्षा र हिउँका कारण अन्य शव उठाउने कार्य प्रभावित भएको थियो । त्यसपछि घटनास्थलबाट बोकेरै शव ल्याउने प्रयास गरिए पनि असफल भएपछि आज बिहान सेनाको हेलिकोप्टरद्वारा बाँकी तीन शव ल्याउन लागिएको हो । सुकेटार विमानस्थलमा शव ल्याई पुर्‍याएलगत्तै शव काठमाडौँ पठाइने प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।

विमानस्थलमै सुरक्षा समिति बैठक

दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूका शव काठमाडौँ पठाउनका लागि आवश्यक कानूनी प्रक्रिया पूरा गर्न विमानस्थलमै जिल्ला सुरक्षा समितिको बैठक बसेको छ । आवश्यक कानूनी प्रक्रिया पूरा हुनेवित्तिकै शव काठमाडौँ पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए । मौसममा सुधार आउने बित्तिकै शवहरू काठमाडौँ पठाइने भण्डारीले जानकारी दिए ।

ताप्लेजुङमा निरन्तर हिमपात भइरहेको छ र अधिकांश क्षेत्रमा कुहिरोले ढाकिरहेको छ ।

अधिकारीलाई राजकीय सम्मान दिइने

यसैबीच सरकारले हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ ।

बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मन्त्री अधिकारीको निधनमा शोक व्यक्त गर्दै राष्ट्रि शोकका लागि देशभर र विदेशस्थित कुटनीतिक नियोगमा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

त्यस्तै ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाको विषयमा छानविन गर्न ४ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले पूर्व पर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ४ सदस्यीय छानवीन समिति गठन गरेको हो ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ८ : ०६ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज