एन्फा र चाइनिज फुटबल संघबीच तीन बुँदे सम्झौता « Khabarhub

एन्फा र चाइनिज फुटबल संघबीच तीन बुँदे सम्झौता


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) र चाइनिज फुटबल संघ (सीएफए) बीच ४ वर्षका लागि ‘एमओयू’मा हस्ताक्षर भएको छ । विहीबार राजधानीमा दुई देशका प्रतिनिधिबीच सम्झौता पत्र ‘एमओयु’मा हस्ताक्षर भएको हो ।

नेपालका तर्फबाट एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र चीनका तर्फबाट खेलकुद सहायक मन्त्री तथा ‘सीएफए’का कार्यबहाक अध्यक्ष डु जानकाईले एमओयूमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौताले नेपाल र चीनको फुटबल विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले सिएफएका कार्यबहाक अध्यक्ष जानकाईको नेपाल भ्रमणले सकारात्मक सन्देश दिएको बताए ।

सम्झौताका तीन बुँदा

  •  दुवै देशका राष्ट्रिय टोलीका खेलाडी, युवा टोली तथा महिला फुटबल टोलीहरुबीच मैत्रीपूर्ण खेलहरु खेलाइने ।
  •  नेपाली फुटबलको पूर्वाधार विकासलाई जोड दिइने ।
  •  भौतिक तथा प्राविधिक पक्षमा सहयोग आदान–प्रदान ।

कार्यक्रममा नेपाल र चीनका प्रतिनिधिहरुलो मायाको चिनो आदानप्रदान गरेका थिए । एन्फा अध्यक्ष शेर्पाले खेलकुद सहायक मन्त्रीलाई आँखी झ्याल र नेपाली उत्पादन गलैचा प्रदान गरेका थिए भने खेलकुद सहायकमन्त्रीले सीएफएको झण्डा दिएका थिए । सम्झौता कार्यान्वयका लागि चाँडै नेपाल तथा चिनियाँ राष्ट्रिय फुटबल टोलीबीचको मैत्रीपूर्ण खेल आयोजना गरिनेछ ।

नेपाली फुटबलले गति लिन नसकेको यथार्थलाई मनन गर्दै नेपाली फुटबलको विकासमा यस सम्झौताले ठूलो सहयोग पुग्नुका साथै महिला फुटबललाई अझ प्राथमिकतामा राखिने एन्फा अध्यक्ष शेर्पाले बताए ।

“जानकाइसँग मेरो पहिलो भेट फिफा कंग्रेस भेलामा भएको थियो । जहाँ मैले उहाँलाई लन्च कार्यक्रममा भेट्ने अवसर पाएँ । उक्त भेटमै नेपाल र चीन भौगोलिक रुपमा नजिक भएपनि फुटबलमा टाढा रहे जस्तो महसुस भयो । त्यसलाई तोड्न मैले नेपाल भ्रमणका लागि निमन्त्रणा पठाएँ,” एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने, “पहिलो पटक भएको यो सम्झौताले नेपाली फुटबलमा ठूलो योगदान दिनेछ । अहिलेलाई तीन बुँदे सम्झौता भएपनि विस्तारै अन्य विषयहरुमा सहयोग आदान प्रदान हुन्छ ।”

त्यस्तै, सहायक मन्त्री जानकाइले यो सम्झौताले युवा तथा महिला फुटबलमा ठूलो सहयोग मिल्ने बताए । उनले भौतिक पूर्वाधारबारे पनि सम्झौता भएकाले अहिले नै के के हुन्छ भन्न नसकिए पनि महत्वपूर्ण सहयोगका साथै उपलब्धि हात पर्ने दाबी गरे ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ७ : ४४ बजे

टायर पन्चर भएर माइक्रो बस दुर्घटना: वृद्ध दम्पत्तीसहित ६ जना घाइते

कावासोती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को कावासोती

लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान

रूपन्देही– लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु

ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ

वीरगन्ज – पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णा प्रणामी चोकबाट

रौतहटको विजयपुरस्थित एक घरमा आगलागी (तस्बिरसहित)

रौतहट– रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवास्थित एक घरमा आगलागी भएको

को हुन् काठमाडौँ आइपुगेका जमजम ब्रदर्स ?

काठमाडौँका सडकमा अहिले दुई यस्ता भाइ देखिएका छन्, जसलाई धेरै