श्रम गर्न विदेश पुगेका नेपालीलाई तिहारमा देउसी भैलोले सताउँछ ! « Khabarhub

श्रम गर्न विदेश पुगेका नेपालीलाई तिहारमा देउसी भैलोले सताउँछ !


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिन्दू नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार रंग र प्रकाशको पर्वसहित दाजूभाइ र दिदीबहीबीचको सम्बन्धको पर्व हो ।

वर्षदिनभरी भेट नभएका दाजुभाइ र दिदीबहिनीको तिहारमा भेटघाट हुने आत्मियता बढ्ने गरेको छ । तिहार रंग, वत्ति, देउसी भैलो, सप्तरंगी टिकाका कारण महत्वपूर्ण मानिन्छ ।

अहिले धेरै नेपाली युवा युवती वैदेशिक रोजगारीका लागि विदेश गएका कारण यस्ता चाडपर्व मनाउन पाउँदैनन् ।

चाडपर्वका बेला पनि विदेशी भूमिका पसिना बगाउनुपर्दा उनीहरुको छुट्टै पीडा र बेदना हुने गरको छ ।

तर पछिल्लो विदेशमा रहेका नेपालीहरुले पनि त्यहाँ रहेका साथीभाइबीच मिलेर चाडपर्व मनाउने र सामाजिक सञ्जालमा राख्ने गरेका छन् । परिवारका सदस्यले पनि नेपालमा मनाएको चाडपर्वको तस्वीर सामाजिक सञ्जालमा राख्ने गरेका छन् ।

तर जे जस्तो भएपनि वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले दशैंतिहारमा नेपालकै गाँउघरले आफनो मन तान्ने गरेको बताउँछन् ।
दशैंभन्दा तिहार मनाउन नेपाल आउन मन लाग्ने गरेको कोरियाबाट पाँचथरका किरण योङहाङ बताँउछन् ।

विगतमा दशैंभन्दा तिहारमा धेरै रमाइलो गरी मनाउने गरेको योङहाङले अनुभाव सुनाए । नेपालीहरुको चाडपर्वमा आफ्नोपन र आनन्द अनुभुति हुनेगरेको उनले बताए ।

‘कोरियामा आएपछि दशैतिहार मनाउन नेपाल फर्किन पाएको छैन । कोरियाका रोजगारदाता कम्पनीलाई नेपालीको दशैंतिहारको खासै मतलब हँुदैन । यहाँ कामसँग मात्र सरोकार हुन्छ । त्यही भएर विदेशीएका नेपालीलाई चाडपर्वले छुँदैन’ खबरहबसँगको कुराकानीमा उनले भने, ‘तिहारका समयमा देउसी खेल्न घर–घर हिँडेको याद आउँछ । सम्झादा नै रमाइलो लाग्छ । तिहारमा साथीभाइ जम्मा भएको गफ गर्दै देउसी खेलेको सम्झन्छु । यति बेला गाँउ–घरमै भएको अनुभुति हुन्छ ।’

गाउँ घरमा देउसी भैलो खेलेको यादले तिहारको समयमा सताउने गरेको र देशमा रोजगारीको अवसर नभएका कारण विदेशिनु परेको पीडाले सताउने उनको भनाइ छ ।

नेपालीको मुख्य चाडका अवसरमा एक दिने विदाका लागि नेपाल सरकारले रोजगारदाता देशमा पहल गर्नेपर्ने उनको भनाइ छ ।
तिहारमा धेरै रमाइलो गर्दै गाउँमा देउसी खेलेको याद आउने गरेको साउदीबाट झापाका लिला गिरीले बताए । साउदी आएदेखि तिहार मनाउन नेपाल आउने अवसर नमिलेको गिरीले बताए ।

‘साउदीमा तिहारको टिकाका दिन काम सकेर साथीभाइ जम्मा भएर मनाइन्छ । यसरी साथीभाइ जम्मा भएर मनाउँदा केही रमाइलो हुन्छ । तर, नेपालमै मनाए जस्तो हुँदैन । परिवारसँग बसेर चाडपर्व मनाउनुको मजा बेग्लै हुन्छ’ उनले भने, ‘विदेशीएपछि कमाउने मात्र ध्यान हुन्छ । जसका कारण दशैंतिहारमा गाँउघरको याद आँउछ । नत्र काममा ध्यान हुन्छ । अन्य समयभन्दा चाडपर्वका बेला मन बढी घरको यादले सताउँछ ।’

साउदीमा मुश्लिमको चाड मनाउनका लागि एक महिनासम्म विदा हुन्छ । तर, रोजगारीमा आएका नेपाली दशैतिहार मनाउन एक दिन पनि विदा कम्पनीले नदिने गरेको उनको भनाइ छ ।

यसैगरी, कतारमा सुरक्षा गार्डमा कार्यरत पोखराका मनोज कुमार धामीले आफू विदेशमा भएपनि तिहारमा मन चाँही पनि आफनै गाँउघरमा मन हुने गरेको बताउँछन् । दशैमा खासै मतलब हुँदैन तर, तिहारमा भने देउसीभैली खेलेको सम्झदाँ घरमै भएजस्तो हुनेगरेको उनको भनाइ छ । आफ्ना चाडपर्व भनेको आफनै हो जुनसुकै देशमा भएपनि गाँउघरमा तिहार मनाएको यादले नछाडने गरेको उनले सुनाए ।

हाल, विदेशीमा करिब ८० लाख नेपाली रहेको सरकारी अनुमान छ । जसमा वैदेशिक रोजगारीका लागि ४४ लाख नेपाली विश्वका विभिन्न देशमा रहेको अनुमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको रहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  २ : ०६ बजे

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित