कृषि मन्त्री फेरिए पनि मन्त्रालयको वेबसाइटमा नाम फेरिएन ! | Khabarhub Khabarhub

कृषि मन्त्री फेरिए पनि मन्त्रालयको वेबसाइटमा नाम फेरिएन !


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणि खनाललाई प्रधानमन्त्री केपी शर्माले मन्त्री पदबाट हटाएको दुई हप्ता भइसकेको छ ।

खनाल मन्त्री पदबाट हटेपनि उनी नै मन्त्रीको रुपमा मन्त्रालयको वेबसाइटमा रहेका छन् । अर्थात वेबसाइटबाट उनको नाम हटाइएको छैन ।

मन्त्री पदबाट हटेको एक हप्तासम्म पनि उनको नाम मन्त्रालयको वेभसाइटबाट राखिएको छ ।

उनी मन्त्रीबाट हटेर कृषि तथा पशुपन्छी विकास मन्त्रीको रुपमा घनश्याम भुषालले पदभार ग्रहण पनि गरिसकेका छन् । उनले काम शुरु गरेपनि मन्त्रालयको वेबसाइटमा भने नवनियुक्त मन्त्रीको नाम रहेको छैन ।

वेबसाइटमा मन्त्रीको नाम किन परिवर्तन नभएको भन्ने प्रश्नमा मन्त्रालयका प्रवक्ता प्रकाश माथेमाले कामको व्यवस्थताले त्यस्तो हुन गएको बताएका हुन् ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ११ : ५४ बजे

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो दिनको केन्द्रीय समिति

सर्वेन्द्र खनालले छाडे एमाले

काठमाडौं– एमाले नेता तथा नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा

यु–१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसीसी यु–१९ महिला विश्वकप प्रतियोगिताका

सूर्यदर्शन सहकारी ठगी : प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस जारी

गण्डकी– कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय

शीतलहर पीडितलाई सेनाको सहयोग

महोत्तरी– मुटु कमाउने जाडोबीच लुगा नभएर कष्ट झेल्दै आएका महोत्तरीको