सरकारले निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्‍यो– नेपाली कांग्रेस « Khabarhub

सरकारले निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्‍यो– नेपाली कांग्रेस


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शनिबार हुन गइरहेको उपनिर्वाचनको पूर्वसन्ध्यामा सत्तापक्षबाट आचारसंहिताको उल्लङ्घन भइरहेको आरोप लगाउँदै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

कांग्रेसले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी आचारसंहिता उल्लङ्घनका सबै घटना र भय–त्रास चिरेर आफ्नो स्वविवेकले मतदान गर्न मतदातामा अपिलसमेत गरेको छ ।

पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उपनिर्वाचनको अन्तिम घडीमा अझ बढ्नसक्ने राज्य नियन्त्रित त्यस्ता गतिविधि रोक्ने सक्षमता प्रस्तुत गर्न निर्वाचन आयोगलाई आग्रह गरे ।

आचारसंहिता विपरीत केन्द्रीय सरकारका मन्त्रीदेखि प्रदेशका मुख्यमन्त्रीसम्म चुनाव प्रचारमा संलग्न भएको, कयौँ स्थानमा सरकारी साधन–स्रोतको दुरूपयोग गरिएको, कांग्रेसका उम्मेदवार तथा अन्य कार्यकर्तामाथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले भौतिक आक्रमण गरेको कांग्रेसको आरोप छ ।

निर्वाचनलाई आफ्नो पक्षमा अनुकूल बनाउने प्रयासमा कयौँ कर्मचारीलाई निर्वाचन क्षेत्रबाट अन्यत्र पठाउने र अन्यत्रबाट अनुकूलका कर्मचारी निर्वाचन क्षेत्रमा खटाउने गरिएको उल्लेख गर्दै कांग्रेस प्रवक्ता शर्माले भने, ‘अरूबेला काममा ढिलासुस्ती तर अहिले कयौँ ठाउँमा रातारात डोजर चलाउने, सडक पीच गर्ने अनि योजना मै नभएका काम पनि चाँडै सम्पन्न गर्नेछौँ भनेर प्रलोभनमा पार्ने प्रयत्न गरिएको छ ।’

त्रिचन्द्र क्याम्पस प्रमुखमाथि भएको आक्रमण निन्दनीय भएको उल्लेख गर्दै प्रवक्ता शर्माले शुल्क वृद्धिका विरुद्ध आवाज उठ्नु सही भएपनि सत्तारुढ नेकपा निकटका विद्यार्थीले क्याम्पस प्रमुखमाथि भौतिक आक्रमण गर्नु दुःखद् मात्रै नभइ दण्डनीय भएको बताए ।

त्रिचन्द्रमा गुरुमाथि आक्रमण गर्ने समूहले नै नेपाल कमर्श क्याम्पस, मिनभवनमा नेपाल विद्यार्थी सङ्घका सदस्यमाथि आक्रमण गरेर डुजाङ शेर्पा, सरोज तिमल्सीना र निरज शाहलाई घाइते बनाएको बताउँदै उनले घटनाका दोषीलाई कारवाही गर्न सरकारसँग माग गरे ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ९ : १५ बजे

विश्व यात्रा गरेको ‘अलोका’ भिक्षुहरूसँगै नेपाल आइपुग्यो, शान्ति यात्राको प्रतीक बन्दै

काठमाडौं- कुनैबेला भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको एक कुकुर अहिले

सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तीव्र विकासमा ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तीव्र

अमेरिका–इरान शान्ति पहलबीच इजरायलको अडान, कब्जामा रहेका क्षेत्र नछोड्ने घोषणा

इजरायल– इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबनान, सिरिया र गाजा पट्टीमा

मलमासको अन्तिम सोमबारे औँसी : देवघाटधाममा स्नान तथा पूजा गर्न श्रद्धालुको घुइँचो

चितवन– नवलपुर र तनहुँ जिल्लाको संगमस्थल तथा प्रसिद्ध धार्मिक तीर्थस्थल

विपद्मा नागरिकको सुरक्षा र जीवनको रक्षा नै पहिलो प्राथमिकता : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले विपद्मा नागरिकको सुरक्षा