उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा « Khabarhub

उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– पौवादुङ गाउँपालिका–१ श्यामशिलामा शनिबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । उपनिर्वाचनलाई लक्ष्य गरी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले आवश्यक सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए । निर्वाचनको बेला सवारीसाधनका चालकलाई अनुमतिपत्रको व्यवस्था गरिएको छ ।

उनले भने, ‘सुरक्षाको सबै प्रबन्ध मिलाएका छौँ, मतदाताले ढुक्क भएर मतदान गर्न सक्ने अवस्था छ ।’ राजनीतिक दलसँगको समन्वयमा वडावासीबाहेक बाहिरबाट आउने नागरिकको प्रवेशमा रोक लगाइएको उनले बताए ।

प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरका अनुसार उपनिर्वाचनलाई लक्ष्य गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिए । निर्वाचन हुने ठाउँमा सशस्त्र प्रहरीको अस्थायी क्याम्प राखिएको छ । मतदानस्थलको बाहिरी घेराको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ९ : ३६ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक

तनहुँ – तनहुँको देवघाट गाउँपालिका–५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर