शान्ति सेनामा महिला सहभागिता बढाउन नेपालको माग « Khabarhub

शान्ति सेनामा महिला सहभागिता बढाउन नेपालको माग


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिका भ्रमणमा रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र संयुक्त राष्ट्र संघका महासचिव एंटोनियो गुटरेससँग भेटवार्ता भएको छ । बिहीबार भएको भेटमा विश्वमा शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघले खेल्दैआएको भूमिका विषयमा छलफल भएको रक्षा मन्त्रालयले जनाएको छ ।

भेटमा संयुक्त राष्टसंघको भूमिकालाई थप सवल बनाउँदै लैजानुपर्ने आवश्यकताका विषयमा पनि छलफल भएको छ । त्यस्तै शान्ति स्थापनाका लागि नेपालले ६ दशकदेखि खेल्दैआएको भूमिका बारे उल्लेख गर्दै शान्ति सेनामा खटेर जाने सुरक्षाकर्मीहरूको रक्षा, सुरक्षा र सम्मानप्रति नेपालको चासो प्रस्तुत गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

शान्ति सेनामा महिला सहभागिता र नेपाली शान्ति सेनाहरूले राष्ट्र संघको मुख्यालय र शान्ति मिसनहरूमा समेत नेतृत्वदायी तहमा भूमिका खेल्नका लागि अवसर प्राप्त हुनुपर्ने विषय पनि नेपालले राखेको छ ।

नेपालले आफ्नै विशेषताका आधारमा शान्तिप्रकृया टुंग्याएको , नेपालको शासन प्रणालीमा आम नेपालीहरूको सहभागिता एवं समावेशिता सुनिश्चित गरेको र अब आर्थिक रूपान्तरणको अभियानमा जुट्दा संयुक्त राष्ट्र संघको भूमिका महत्वपूर्ण रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भेटमा महासचिव एंटोनियो गुटेरेसले नेपालले खेल्दै आएको भूमिकाको प्रशंसा गरे र आगामी दिनमा संयुक्त राष्ट्र संघले नेपाललाई सकारात्मक रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  १० : ३६ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको