शान्ति सेनामा महिला सहभागिता बढाउन नेपालको माग « Khabarhub

शान्ति सेनामा महिला सहभागिता बढाउन नेपालको माग


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिका भ्रमणमा रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र संयुक्त राष्ट्र संघका महासचिव एंटोनियो गुटरेससँग भेटवार्ता भएको छ । बिहीबार भएको भेटमा विश्वमा शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघले खेल्दैआएको भूमिका विषयमा छलफल भएको रक्षा मन्त्रालयले जनाएको छ ।

भेटमा संयुक्त राष्टसंघको भूमिकालाई थप सवल बनाउँदै लैजानुपर्ने आवश्यकताका विषयमा पनि छलफल भएको छ । त्यस्तै शान्ति स्थापनाका लागि नेपालले ६ दशकदेखि खेल्दैआएको भूमिका बारे उल्लेख गर्दै शान्ति सेनामा खटेर जाने सुरक्षाकर्मीहरूको रक्षा, सुरक्षा र सम्मानप्रति नेपालको चासो प्रस्तुत गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

शान्ति सेनामा महिला सहभागिता र नेपाली शान्ति सेनाहरूले राष्ट्र संघको मुख्यालय र शान्ति मिसनहरूमा समेत नेतृत्वदायी तहमा भूमिका खेल्नका लागि अवसर प्राप्त हुनुपर्ने विषय पनि नेपालले राखेको छ ।

नेपालले आफ्नै विशेषताका आधारमा शान्तिप्रकृया टुंग्याएको , नेपालको शासन प्रणालीमा आम नेपालीहरूको सहभागिता एवं समावेशिता सुनिश्चित गरेको र अब आर्थिक रूपान्तरणको अभियानमा जुट्दा संयुक्त राष्ट्र संघको भूमिका महत्वपूर्ण रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भेटमा महासचिव एंटोनियो गुटेरेसले नेपालले खेल्दै आएको भूमिकाको प्रशंसा गरे र आगामी दिनमा संयुक्त राष्ट्र संघले नेपाललाई सकारात्मक रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  १० : ३६ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्दैछ ।

पाकिस्तानको उत्तर–पश्चिममा आतंकवादविरुद्धको कारबाहीमा ६ आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तूनख्वामा आतंकवादविरुद्ध गरिएको गुप्तचर सूचनामा

लेबनानमा बढ्दो मानवीय संकटप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले लेबनानमा इजरायली बमबारीबाट प्रभावित मानिसहरूका

‘विजयसाल सामुदायिक घरवास’मा पाहुनाको आकर्षण

कञ्चनपुर–  कृष्णपुर नगरपालिका–२ वाणीस्थित मुक्तकमैया बस्ती अहिले ग्रामीण पर्यटनको आकर्षक

इराकमा अमेरिकी इन्धन विमान दुर्घटना, ६ चालक दलका सदस्यको मृत्यु

एजेन्सी– इरानसँगको सैन्य अभियानको क्रममा इराकको पश्चिम क्षेत्रमा अमेरिकी इन्धन