बीजेपीबाट चुनाव लड्न लागेको छैन–माधुरी दीक्षित « Khabarhub

बीजेपीबाट चुनाव लड्न लागेको छैन–माधुरी दीक्षित


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतमा चुनावको चहलपहल र सरगर्मी निकै बढेको छ । आगामी लोकसभा चुनावलाई मध्यनगर गर्दै कयौं बलिउडका हस्तीहरु राजनीतिमा प्रवेश गरेका छन् ।

यो लिस्टमा माधुरी दीक्षित पनि थपिएको चर्चा भारतीय सञ्चारमाध्यम र राजनीतिक वृत्तमा भइरहेको थियो । उनी बीजेपीको लागि पुणेबाट लोकसभाका लागि चुनाव लड्न लागेकी छिन् भन्ने समाचारहरु सार्वजनिक भएका थिए ।

लोकसभा चुनाव लड्ने विषयमा चर्चा भएपछि माधुरी दीक्षितले यसबारे जवाफ दिएकी छिन् । माधुरीका अनुसार उनी कुनै पनि पार्टीसँग जोडिएकी छैनन् ।

एक अन्तर्वार्ताका क्रममा माधुरी दीक्षितले भनिन्,‘मेरो राजनीतिमा प्रवेशको हल्ला फैलिएको छ, म कुनै पनि राजनीतिक पार्टीबाट लागि चुनाव लड्न लागेको छैन’ । उनले फिल्मी क्षेत्रका हस्तीहरुको बारेमा चुनावका विषयमा भ्रम फैलाइएको दाबी गरेकी छिन् ।

माधुरी भन्दा पहिला सञ्जय दत्तले लोकसभा चुनाव लड्ने हल्ला फिजिएको थियो । उनले उत्तर प्रदेशको गाजियावाद बाट चुनाव लड्ने तयारी गरेको समाचारहरु सार्वजनिक भएको छ । तर यसलाई सञ्जयले ट्वीटरबाट हल्ला मात्र भएको बताए ।

१७ अप्रिलमा माधुरीको फिल्म कलंक रिलिज हुने तयारीमा छ । यसको प्रचार प्रचारमा उनी जुटेकी छिन् ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ११ : ४० बजे

प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान

काठमाडौं– आजदेखि आगामी पाँच दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्ने

चालु आवको दुई महिनामा वैदेशिक व्यापार ३५.६४ प्रतिशतले बढ्यो, घाटा ३ खर्ब २४ अर्ब ९३ करोड नाघ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो दुई महिनामा नेपालको

फकल्यान्डमाथि अर्जेन्टिनाको दाबी दोहोर्‍याउँदै मिलेई

संयुक्त राष्ट्रसङ्घ- अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले बेलायतसँग विवादित फकल्यान्ड टापुमाथि

सामूहिक कुमारी पूजाका लागि तयार बालिकाहरू

काठमाडौं– ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा आयोजना हुने सामूहिक कुमारी पूजाका

रास्वपा सांसद रेग्मीको माग- घर र जमिन सुरक्षित छ कि छैन जाँच्न पर्‍यो

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले प्रभावकारी विपद् व्यवस्थापनमा ध्यान दिन