वैदेशिक रोजगारीमा जानुअघि स्वदेशमै ठगिन्छन् कामदार « Khabarhub

वैदेशिक रोजगारीमा जानुअघि स्वदेशमै ठगिन्छन् कामदार


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीको खोजीका क्रममा रहेका धेरै युवा ठगीको शिकार हुने गरेका छन् ।

उनीहरु वैदेशिक रोजगारीमा जाने प्रक्रियाका क्रममा एजेन्ट र म्यानपावर कम्पनीमार्फत ठगीने गरेको रोजगार पीडितलाई निःशुल्क कानूनी सेवा दिंदै आएको संस्था पिपुल्स फोरमको अध्ययनले देखाएको छ ।

रोजगारीको खोजीमा रहेको युवा देशभित्र नै ठगिने गरेको उजुरी फोरममा दर्ता भएको अध्ययनमा उल्लेख गरिएको छ।

फोरममा गत मंसिरदेखि फागुन मसान्त भित्रमा १ हजार १२ निवेदन परेका थिए जसममध्ये ५ सय ११ जना अर्थात ५० प्रतिशत निवेदक वैदेशिक रोजगारीमा जाने क्रममा स्वदेशमा ठगीका थिए ।

यस्तै, विदेश जानुभन्दा पहिला तोकिएको रकम विदेश गएपछि नपाएको उजुरी फोरममा परेको छ । जसमा संख्या १ सय ३८ रहेको छ जुन कुल निवेदनको १४ प्रतिशत हुन्छ । तेश्रोमा न्यून तलव दिइएको देखिएको छ । यस्तो समस्या परेको भन्दै निवेदन दिनेहरुको संख्या १ सय ११ रहेको फोरमले जानकारी दिएको छ ।

वैदेशिक रोजगारीका क्रममा धेरै युवा पीडित हुने गरेको पिपुल फोरमका सामी परियोजना संयोजक सुदीप देवकोटाले जानकारी दिए ।

रोजगारीको खोजीमा रहेका धेरै युवाले जिल्लास्तरमा ठगी मुद्दा दर्ता भको फोरमले जानकारी दिएको छ । पछिल्लो ४ महिनाका निवेदनका आधारमा सवैभन्दा धेरै समस्या सुनसरी जिल्लामा देखिएको छ ।

यो अवधिमा सुनसरीमा ४९ वटा निवेदन दर्ता भएका छन् । दोश्रोमा सर्लाही(४३) तथा तेश्रोमा झापा(४१) देखिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  १ : ३० बजे

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि