भियतनामको भन्सारद्वार ९ टन हात्तीका दाँत बरामद « Khabarhub

भियतनामको भन्सारद्वार ९ टन हात्तीका दाँत बरामद


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हनोई– भियतनामको भन्सार प्रशासनले काठमा लुकाई छिपाई ल्याइएको ९ टन हात्तीको दाँत बरामद गरेको छ । हात्तीका ती दाँत अफ्रिकी मुलुक कङ्गोबाट ल्याइएको अधिकारीहरुले बताएका छन् ।

भियतनाममा हात्तीको दाँत खरिद बिक्री गर्न निषेध गरिए पनि कानुनको कमजोर कार्यान्वयनका कारण विश्वव्यापी रुपमै निषेध गरिएका यस्ता वस्तुहरु कालो बजारमा खुलेआम बिक्री हुने गरेको छ ।

बढ्दो अन्तर्राष्ट्रिय दबाबपछि भियतनाम सरकारले वन्यजन्तुको अवैध व्यापारमा कडाई गर्ने प्रतिबद्धता जनाएको छ । भियतनामका सरकारी अधिकारीहरुले पछिल्ला वर्षमा दानाङ शहरमा पनि छापा मारिएको बताएका छन् ।

“काठभित्र लुकाएर शंकास्पद वस्तु ल्याएको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्दा ९ टन हात्तीका दाँत भेटिए,” भियतनामको भन्सार प्रशासनको भनाई उद्धृत गर्दै हाई क्वुआन अनलाइनमा लेखिएको छ ।

हात्तीका दाँत लुकाएको काठ मङ्गलबार दानाङको मुख्य बन्दरगाहमा भेटिएको थियो । यो काठ मध्य अफ्रिकी मुलुक कङ्गोबाट आएको थियो ।

हात्तीका दाँत, बङ्गारा र अन्य हाडखोरहरु भियतनाममा गहना बनाउन, घरका सजावटका सामान तयार पार्न तथा परम्परागत औषधि बनाउन प्रयोग हुन्छ । भियतनाम हुँदै अवैध वन्यजन्तु चीन समेतका अरु मुलुकहरु पनि पुग्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  २ : १० बजे

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ

नेप्से ५.४५ अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले 

विपद् प्रतिकार्यमा छोटो ‘चेन अफ कमाण्ड’ हुनुपर्छ : प्रधानसेनापति सिग्देल

काठमाडौँ– प्रधानसेनापति अशोकराज सिग्देलले भोटेकोशी र बूढीगण्डकी करिडोरमा भएको विपद् प्रतिकार्यको

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा