नेपाली र चिनियाँ व्यवसायीबीच विभिन्न ८ क्षेत्रमा सहकार्यको सहमति « Khabarhub

नेपाली र चिनियाँ व्यवसायीबीच विभिन्न ८ क्षेत्रमा सहकार्यको सहमति


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र चीनको ग्वान्सु प्रान्तका व्यवसायीहरूबीच विभिन्न ८ वटा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सहमती पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा भाग लिन आएको चिनियाँ व्यवसायी, लगानीकर्ता र उद्यमीहरुको उल्लेख्य सहभागितामा शुक्रबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ र ग्वान्सु प्रान्तका व्यवसायीहरुबीच विभिन्न ८ वटा क्षेत्रमा सहकार्य गरेर अघि बढने सहमति पत्रमा हस्ताक्षर भएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा र चिनियाँ प्रतिनिधिमण्डलका तर्फबाट चीनको ग्वान्सु प्रान्तको वाणिज्य विभागका उपमहानिर्देशक ह्वाङ यिङलिङले हस्ताक्षर गरे ।

सहमति पत्रमा दुई मुलुकका व्यवसायीबीच कृषि, फेसन, सौन्दर्य, खाद्य उद्योग, जडिबुटी, औषधि, खेलकूद सामग्री, गहना लगायतका क्षेत्रमा सहकार्य गर्ने सहमति पत्रका हस्ताक्षर भएको हो ।

कार्यक्रममा महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान, महासंघको कार्यकारिणी समितिका सदस्यहरू, चिनियाँ वाणिज्य मन्त्रालय र महासंघ सचिवालयका उच्च अधिकृतहरूको पनि सहभागिता रहेको थियो ।

हाल काठमाडौंको भुकृटीमण्डपमा जारी नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा ९० वटा स्टल मार्फत ९२ चिनियाँ कम्पनीहरूले भाग लिइरहेका छन् । सोही मेला र नेपाल लगानी सम्मेलनमा भाग लिन आएका चिनियाँ लगानीकर्ताहरुले नेपालका व्यवसायीहरुसँगको भेटवार्तामा नेपालमा लगानी र व्यापारको सम्भाव्यताका विषयमा छलफल गरेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ६ : ४३ बजे

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन शाह स्वदेश

पहिरोसँग खसेको ढुङ्गा लागेर डोल्पामा एक जनाको मृत्यु

कर्णाली– अविरल वर्षाका कारण खसेको पहिरोमा परी डोल्पामा एक व्यक्तिको

कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा शनिबार क्षेत्रीय अधिवेशन

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र प्रदेशसभा

कांग्रेसको १५औँ महाधिवेशनमा लामिछाने, ओली र प्रचण्डलाई निम्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढिरहेका

बाढीमा हराएकाहरू भेटिएनन्, घामपानीले खुइलिए भित्ताका फोटो

काठमाडौं  – रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको एक महिना पूरा हुँदा