भारतीय निर्वाचन– मतदान चलिरहेका बेला केन्द्रीय मन्त्रीको गाडीमाथि आक्रमण « Khabarhub

भारतीय निर्वाचन– मतदान चलिरहेका बेला केन्द्रीय मन्त्रीको गाडीमाथि आक्रमण


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलकाता– भारतमा जारी लोकसभा चुनावअन्तर्गत सोमबार चौथो चरणमा ९ ओटा राज्यमा मतदान भइरहेको छ ।

सुरक्षा व्यवस्थालाई कडा पारिएको भनिएपछि ठूलो जनसंख्या रहेको भारतमा चुनावका क्रममा हिंसाका घटना भइ नै रहेका छन् ।

चौथो चरणको निर्वाचन अन्तर्गत सोमबारको मतदानका क्रममा भारतीय राज्य पश्चिम बंगालमा केही हिंसाका घटना सार्वजनिक भएका छन् ।

पश्चिम बंगालको आसनसोल क्षेत्रमा केन्द्रीय मन्त्री बाबुल सुप्रियोको कारमाथि केही व्यक्ति आक्रमण गरिदिएका छन् । आक्रमणबाट केन्द्रीय मन्त्री सुप्रियो चढेको गाडीका सिसा टुटेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सुप्रियोको गाडीमा पोलिङ बूथ (मतदान केन्द्र)को बाहिर नै आक्रमण भएको जनाइएको छ । यद्यपि सुप्रियो भने सकुशल छन् ।

पश्चिम बंगाल क्षेत्रमा चर्चा कमाएका गायक समेत रहेका सुप्रियो भारतीय जनता पार्टी (भाजपा) बाट सन् २०१४ को चुनाव जितेर केन्द्रमा मन्त्री बनेका थिए ।

अघिल्लो चुनावमा सहजै जीत निकालेका सुप्रियोका लागि यसपटक आसनसोल क्षेत्रमा तृणमूल कांग्रेसबाट मनसुन सेन चुनावी मैदानमा छिन् । मनसुन कुनैबेलाकी एक चर्चित अभिनेत्री पनि हुन् ।

 

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ११ : ४२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र