भारतीय निर्वाचन– मतदान चलिरहेका बेला केन्द्रीय मन्त्रीको गाडीमाथि आक्रमण « Khabarhub

भारतीय निर्वाचन– मतदान चलिरहेका बेला केन्द्रीय मन्त्रीको गाडीमाथि आक्रमण


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलकाता– भारतमा जारी लोकसभा चुनावअन्तर्गत सोमबार चौथो चरणमा ९ ओटा राज्यमा मतदान भइरहेको छ ।

सुरक्षा व्यवस्थालाई कडा पारिएको भनिएपछि ठूलो जनसंख्या रहेको भारतमा चुनावका क्रममा हिंसाका घटना भइ नै रहेका छन् ।

चौथो चरणको निर्वाचन अन्तर्गत सोमबारको मतदानका क्रममा भारतीय राज्य पश्चिम बंगालमा केही हिंसाका घटना सार्वजनिक भएका छन् ।

पश्चिम बंगालको आसनसोल क्षेत्रमा केन्द्रीय मन्त्री बाबुल सुप्रियोको कारमाथि केही व्यक्ति आक्रमण गरिदिएका छन् । आक्रमणबाट केन्द्रीय मन्त्री सुप्रियो चढेको गाडीका सिसा टुटेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सुप्रियोको गाडीमा पोलिङ बूथ (मतदान केन्द्र)को बाहिर नै आक्रमण भएको जनाइएको छ । यद्यपि सुप्रियो भने सकुशल छन् ।

पश्चिम बंगाल क्षेत्रमा चर्चा कमाएका गायक समेत रहेका सुप्रियो भारतीय जनता पार्टी (भाजपा) बाट सन् २०१४ को चुनाव जितेर केन्द्रमा मन्त्री बनेका थिए ।

अघिल्लो चुनावमा सहजै जीत निकालेका सुप्रियोका लागि यसपटक आसनसोल क्षेत्रमा तृणमूल कांग्रेसबाट मनसुन सेन चुनावी मैदानमा छिन् । मनसुन कुनैबेलाकी एक चर्चित अभिनेत्री पनि हुन् ।

 

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ११ : ४२ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी