सागको तयारीको प्रारम्भिक प्रशिक्षणमा बिहीवारदेखि « Khabarhub

सागको तयारीको प्रारम्भिक प्रशिक्षणमा बिहीवारदेखि


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को लागि राष्ट्रिय टिमको प्रारम्भिक प्रशिक्षण शुरु भएको छ ।

डिसेम्बर पहिलो साता हुन लागेको खेलको प्रारम्भिक छनोटमा ७ खेलका ८४ जना खेलाडी सहभागी हुने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बिहिबारदेखि औपचारिक रुपमा सुरु गर्न लागेको विशेष प्रशिक्षणमा प्रारम्भिक रुपमा ७ खेलका खेलाडीलाई मात्रै सहभागी गराएको हो ।

राखेपले पहिलो चरणमा स्क्वास, जुडो, भारोत्तोलन, पाराग्लाईडिङ, आर्चरी, सुटिङ र टेबलटेनिसका खेलाडीको प्रशिक्षण सुरु गर्न लागेको हो । यसअघि युवा तथा खेलकुद मन्त्रालयले जेठ पहिलो सातादेखि सबै खेलको प्रशिक्षण सुरु गर्ने बताएपनि बजेट अभाव देखिएपछि पहिलो चरणमा ७ खेलको प्रशिक्षण शुरु गरीएको हो ।

विशेष प्रशिक्षणको उद्घाटन गर्दै राखेप सदस्य सविच केशवकुमार विष्टले खेलाडीले अनुशासनमा रहेर प्रशिक्षकले सिकाएको सिप सिक्नुपर्ने भन्दै सुझाव दिएका थिए । सागका लागि खेलाडीको अन्तिम छनोट भदौमा हुने राखेप च्याम्पियनसिपबाट हुनेछ पनि सदस्य सचिव बिष्टले बताएका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  १० : ५१ बजे

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको