गणतन्त्रको गरिमा र मर्यादालाई कायम राख्नुपर्छ–प्रधानमन्त्री | Khabarhub Khabarhub

गणतन्त्रको गरिमा र मर्यादालाई कायम राख्नुपर्छ–प्रधानमन्त्री


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध श्रेष्ठताको पराधीन मानसिकता नेपालीको गौरवपूर्ण संस्कृति हुनै नसक्ने बताएका छन् ।

गणराज्यहरुबाट शुरु भएको मुलुकको गौरवपूर्ण इतिहास, प्राचीन सभ्यता र स्वतन्त्रता उच्च रहेको उल्लेख गर्दै उनले जन्मसिद्ध श्रेष्ठताको भ्रमपूर्ण कथ्य वैज्ञानिक सत्यतामा आधारित नभएको स्पष्ट गरे ।

बाह्रौँ गणतन्त्र दिवसका अवसरमा बुधबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मूल समारोह समितिका संयोजकसमेत रहेका प्रधानमन्त्री ओलीले जनताले प्राप्त गरेका उपलब्धिलाई अस्वीकार गर्ने र उपलब्धिको अपमान गर्ने व्यवहार लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने बताउँदै गणतन्त्रलाई संस्थागत गरी जनजीवनको सार्थक अभ्यासमा उतार्न पनि यसको गरिमा र मर्यादालाई कायम राख्नुपर्नेमा जोड दिए ।

आजको दिन राजतन्त्रको शृङ्खलाको अन्त्य गरी आफ्नै मौलिक परम्पराअनुरुप जनताको शासन स्थापना गरिएको गौरवमय ऐतिहासिक दिन भएको र यो जनताको विजय र कुलीनतन्त्रको पराजय भएको दिन भएको ओलीको भनाइ थियो । ‘ बलपूर्वक थोपरिएको अन्यायको विरुद्ध न्यायको जीत भएको दिन हो”, प्रधानमन्त्रीले भने ।

शान्ति, स्थिरता, विकास, समृद्धि र सुशासन मुलुकको अन्तिम गन्तव्य भएको बताउँदै प्रधानमन्त्री ओलीले नेपाली जनतामा लोकतन्त्रको सार्थक अनूभूति गराउने अभियानमा सरकार लागेको बताए ।

सरकाको कदम सुशासन र विकास तर्फ अग्रसर भएको ओलीको भनाइ थियो ।

उनले समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्यमा अघि बढ्ने दृढ इच्छाशक्ति भएको प्रगतिशील, देशभक्त र जनपक्षीय सरकार र सात प्रदेश तथा ७५३ वटै सरकारलाई एउटै लय र तालमा समृद्धिको गन्तव्यतर्फ अग्रसर गराउनु मुख्य दायित्व भएको बताए ।

ओलीले गणतन्त्रलाई जनताको जीवनस्तर उकास्नका लागि सरकार रोजगारीको अवसर सिर्जना गर्ने, उत्पादन वृद्धि र उपभोग्य वस्तुमा आत्मनिर्भरता बढाउने तथा विकासका आयोजनाको गति बढाउन लागिपरेको दाबी गरे ।

जनताको अनुहार मलीन हुने विवशताको अन्त्य गर्ने सङ्कल्पलाई सार्थक बनाउन सरकारको दृढ उद्देश्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसका लागि विभिन्न पेशा, क्षेत्र, व्यवसायका व्यक्तिको साथ रहने विश्वास व्यक्त गरे ।

गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा भएको कार्यक्रममा राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्री, गृहमन्त्रीलगायत उच्चपदस्थ सरकारी अधिकारी तथा सुरक्षा अधिकारीको सहभागिता थियो ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  २ : ११ बजे

सातु र सर्वत सेवन गरी मनाइयो अक्षय तृतीया (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया

अमेरिकासँग अर्को आणविक वार्ता शनिबार रोममा हुने 

तेहरान– इरान र अमेरिकाले शनिबार रोममा इस्लामिक गणतन्त्रको आणविक कार्यक्रममा

महिमानसिंहले कारागारलाई लेखेको पत्र अनधिकृत, कार्यान्वयन नगर्न पत्राचार

काठमाडौं– सर्वाेच्च अदालतले शाखा अधिकृत महिमानसिंह विष्टले डिल्लीबजार कारागारलाई लेखेको

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ । शिक्षामन्त्रीसँग शिक्षकहरूको

फूलमाला लिएर रेशमलाई लिन डिल्ली बजार कारागार पुगे कार्यकर्ता

काठमाडौं – डिल्लीबजार कारागारबाट छुट्न लागेका नाउपा संरक्षक रेशम चौधरीलाई