आईफोनका परिकल्पनाकार जोनीले एप्पल कम्पनी छाडे « Khabarhub

आईफोनका परिकल्पनाकार जोनीले एप्पल कम्पनी छाडे


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-विश्व चर्चित मोवाइल आईफोन तथा आईपोड र आईम्याकका परिकल्पनाकार जोनी आइभले एप्पल कम्पनी छाडेका छन् । उनले नयाँ व्यवसाय शुरु गर्न भन्दै २ दशकदेखि कार्यरत कम्पनीबाट बिदा लिएका हुन् ।

एप्पल कम्पनीलाई विश्वकै मूल्यवान व्यवसाय बनाउन सहयोग गरेका उनले नयाँ र सिर्जनात्मक काम गर्ने बताएका छन् । एप्पललाई चर्चित बनाउने आईफोन, आईपोड र आईम्याकका कल्पनाकार आइभले लभफ्रम नामक व्यवसाय शुरू गर्ने र त्यसको पहिलो ग्राहक एप्पल हुने बीबीसीले उल्लेख गरेको छ ।

एप्पलका प्रमुख टिम कुकले ‘एप्पललाई पुनर्जीवन दिन जोनीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । जोनीले सन् १९९८ मा आईम्याक बनाएका थिए । आइभका एप्पलका साथी र सहयोगी मार्क न्युसनले पनि लभफ्रममा काम गर्ने बताइएको छ।

आईफोन इतिहासमै सबैभन्दा बढी नाफा कमाएको वस्तु हो । उनी सन् १९९६ मा एप्पलको आर्थिक अवस्था कमजोर भएको बेला डिजाइन स्टुडियोका प्रमुख भएका थिए।

एप्पलको आर्थिक अवस्थामा सुधार सन् १९९८ मा आईम्याक र सन् २००१ मा आईपोडको निर्माणपछि भयो। त्यसपछि उनकै नेतृत्वमा सन् २००४ – आईपोड मिनी बन्यो । सन् २००७ – आईफोन बन्यो भने सन् २००८ – म्याकबुक एअर, सन् २०१० – आईप्याड, सन् २०१५ – एप्पल वाच र सन् २०१६ – एअरपोड बनाएका थिए।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  १० : ५९ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक