जापानको ओसाकामा चिनियाँ र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता « Khabarhub

जापानको ओसाकामा चिनियाँ र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओसाका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच जापानको ओसाका शहरमा भेटवार्ता भएको छ ।

ओसाकामा जारी जी २० सम्मेलनको साइडलाइनमा दुई राष्ट्रप्रमुखबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा दुई मुलुकबीच व्यापारमा पछिल्लो समय देखिएको असहजताका विषयमा छलफल केन्द्रित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दुवै नेताले पछिल्लो समय देखिएको व्यापारिक समस्यालाई समाधान गर्नका लागि व्यापारिक छलफललाई निरन्तरता दिने सहमति बनेको बताइएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप ३ खर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा भन्सार बढाउने चेतावनी दिएका थिए । यद्यपि राष्ट्रपति सीसँगको पछिल्लो भेटवार्तापछि भने त्यस्तो भन्सार तत्काल नबढाउने र वार्तालाई निरन्तरता दिनेमा दुबै नेताहरु सहमत बनेका हुन् ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ३ : ५२ बजे

महोत्तरीमा जग्गाप्राप्तिसम्बन्धी २८ हजार बढी आवेदन

महोत्तरी– भूमिहीन र अव्यवस्थित बसोवासीसमेत २८ हजार व्यक्तिले लालपुर्जा प्राप्तिका

रसुवा बाढी प्रभावितको बीमा दाबी सहज बनाउन संक्षिप्त कार्यविधि लागू

काठमाडौं– नेपाल बीमा प्राधिकरणले बाढी प्रभावित बीमितहरूको बीमा दाबी सहज

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक

निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)

काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर

बाढीले बगाएको गैँडा कसरा ल्याइने

चितवन– शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा