बेलबारीमा पुस ४ देखि अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने « Khabarhub

बेलबारीमा पुस ४ देखि अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने


१२ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलबारी – मोरङको बेलबारीमा आगामी पुस ४ देखि १० गतेसम्म ‘नवौँ मेजर एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

डाँगीहाट युथ क्लबले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिइएको हो । प्रतियोगितामा भारतको एकसहित आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा आयोजक डाँगीहाट युथ क्लब (बेलबारी–११), भारतको मिक्स क्लब (खर्साङ), सहलेस युवा क्लब (सिराहा), नेपाल पुलिस क्लब (काठमाडौँ), भोजपुर जिल्ला फुटबल सङ्घ, थ्री स्टार क्लब (काठमाडौँ), साविक विजेता प्लानिङ ब्वाइज क्लब (काठमाडौँ) र रेड स्टार फुटबल क्लब (बिर्तामोड) सहभागी हुनेछन् ।

प्रतियोगिता बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्ग खेल मैदानमा सञ्चालन हुनेछ ।

राष्ट्रियस्तरका ए डिभिजन क्लब र भारतीय टोलीको समेत सहभागिता रहने भएकाले यसपटकको प्रतियोगिता थप प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने आयोजक क्लबका अध्यक्ष विक्रम बान्तवाले जानकारी दिए।

प्रतियोगिताको आठौँ संस्करणको फाइनलमा सहलेस युवा क्लब सिराहालाई २–१ गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँले उपाधि जितेको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  ४ : ०६ बजे

‘स्वतन्त्रता र लोकतन्त्र जोगाउन कांग्रेस लागेको छ’

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकको स्वतन्त्रता र लोकतन्त्र

एकै रात रूसमा १,२४६ ड्रोन खसालिएको दाबी

एजेन्सी-  रूसले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म आफ्नो भूभागमा आक्रमण गर्न आएका

बेलबारीमा पुस ४ देखि अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने

बेलबारी – मोरङको बेलबारीमा आगामी पुस ४ देखि १० गतेसम्म ‘नवौँ

केन्यामा येशूलाई भेटाउने लोभ देखाएर अनुयायीको हत्या गरेको आरोपमा पास्टरसहित ३० जना दोषी ठहर

नैरोबी- येशूलाई भेट्न उपवास बस्न आग्रह गर्दै आफ्ना अनुयायीको ज्यान

सन् २०३० सम्म थप पाँच आणविक पनडुब्बी भित्र्याउने रूसको घोषणा

काठमाडौँ- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ आणविक ऊर्जाबाट सञ्चालित पनडुब्बी