अपहरणमा परें भन्दै किशोरीले गरिन् आपात्कालीन नम्बरमा फोन, १९ घन्टापछि पुग्यो प्रहरी « Khabarhub

अपहरणमा परें भन्दै किशोरीले गरिन् आपात्कालीन नम्बरमा फोन, १९ घन्टापछि पुग्यो प्रहरी


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रोमानियाका आन्तरिक मामिलामन्त्रीले एकजना किशोरीको हत्याको घटनालाई लिएर प्रहरी प्रमुखलाई बर्खास्त गरेका छन्।

ती किशोरीले प्रहरीको आपत्‌कालीन टेलिफोन नम्बरमा फोन गरे पनि घण्टौँसम्म त्यसप्रति कारबाही अगाडि नबढाइको विवरणमा जनाइएको छ।

पन्ध्र वर्षीया किशोरी बुधवार अपहरणमा परेकी थिइन्, तर अपहरित अवस्थामै उनले तीन पटक फोन गर्न भ्याइन् र आफूलाई राखिएको ठाउँबारे प्रहरी अधिकारीहरूलाई जानकारी गराइन्।

किशोरीको परिवारले अधिकारीहरूले उनको फोनलाई गम्भीर रूपमा नलिएको आरोप लगाएको छ। तर प्रहरीका अनुसार अपहरणपछि किशोरीलाई राखिएको स्थान पत्ता लगाउन कठिनाइ भएको थियो। अपहरणकै अवस्थामा किशोरीले ज्यान गुमाएको ठानिएको छ।

प्रहरीले मानव शरीरको अवशेष र किशोरीले लगाएको गहना फेला पारेको छ भने सोधपुछका लागि एक ६५ वर्षीष पुरुषलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार एलेक्जेन्ड्रा नाम गरेकी ती किशोरी दक्षिणी शहर कराकालमा गाडीमा ‘लिफ्ट’ माग्न खोज्दा अपहरणमा परेकी थिइन्।

समाचार संस्था एएफपीका अनुसार बिहीवार बिहान उनले आपत्‌कालीन टेलिफोन नम्बर ११२ मा तीन पटक फोन गरिन् र एकजना कारचालकबाट अपहरणमा परेको बताइन्।

बरखासीमा परेका प्रहरी प्रमुख लोआन बुडाका अनुसार फोन काटिनुअघि एलेक्जेन्ड्राले “ऊ आउँदैछ, ऊ आउँदैछ” भन्दै चिच्याएकी थिइन्।

एलेक्जेन्ड्राले फोन गरेको स्थान पत्ता लगाउन निकै सङ्घर्ष गरिएको अधिकारीहरूको भनाइ छ।

स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार एपीले जनाए अनुसार अधिकारीहरूले शुक्रवार बिहान तीन बजे किशोरीलाई राखिएको ठानिएको घर पत्ता लगाए।

यद्यपि खानतलाशीका लागि अनुमति लिने प्रक्रियामा प्रहरी गए अनि घरमा छिर्नका निम्ति बिहानसम्म कुरे। किशोरीले अन्तिम पटक फोन गरेको १९ घण्टासम्म पनि प्रहरीले घरमा खानतलाशी गरेनन्।

आन्तरिक मामिलामन्त्री निकोलाइ मोगाले आमूल कदम चाल्नुपर्ने भएकोले प्रहरी प्रमुखलाई बर्खास्त गरिएको बताएका छन्।

बीबीसीबाट

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ७ : ०७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै