सवारीसाधनमा यात्रा गर्दा यसकारण हुन्छ वान्ता | Khabarhub Khabarhub

सवारीसाधनमा यात्रा गर्दा यसकारण हुन्छ वान्ता


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सवारी साधानमा यात्रा गर्दा मानिसहरुलाई रिंगटा लाग्ने र वान्ता आउने समस्या हुने गरेको हुन्छ । कतिपयले यात्रा गर्नुपूर्व वान्ता रोकिने औषधि खाएर यसको रोकथामको प्रयास गरेपनि त्यो पूर्ण रुपमा सफल नभएको हुन सक्छ ।

आखिर किन यस्तो हुन्छ त ?

बस, कार, हवाइजहाज वा अन्य सवारी साधानमा यात्रा गर्दा शरीर र मस्तिष्कबीच एउटा असामन्जस्यताको स्थिति उत्पन्न हुन्छ ।

कार्डिफ युनिभर्सिटीका न्युरोसाइन्टिस्ट डाक्टर डिएन बर्नेटका अनुसार यात्राका क्रममा दिमागलाई यस्तो लाग्दछ , जस्तो शरीरमा विष फैलिरहेको छ । ज्यान बचाउनका लागि मस्तिष्क हर्कतमा आउँछ । मन चञ्चल हुन्छ र वान्ता आउन लाग्दछ । यसरी दिमागले शरीरबाट विषालु तत्व बाहिर निकाल्ने कोशिस गर्दछ।

तर दिमागलाई यस्तो के संकेत प्राप्त हुन्छ त ? यसको कारण बारे डाक्टर बर्नेट भन्छन् – यात्राका क्रममा सिटमा बसेका मानिस स्थिर हुन्छन् । तर कानले लगातार गतिको आवाज मस्तिष्कसम्म पुराइरहेको हुन्छ । कानले दिमागलाई भन्छ कि हामी गतिशील छौ ।

एकातिर शरीर स्थिर हुन्छ भने अर्कातिर गतिसँग सम्बन्धित जानकारी । यही परस्पर विरोधभासी जानकारी प्राप्त भएका कारण मस्तिष्कलाई लाग्छ कि केही त गडबड भइरहेको छ।

डाक्टर बर्नेट भन्छन्,–यदि तपाई पानी जहाजमा बस्नु भएको छ र बाहिर सबै एक समान छ भने तपाईको आँखाले गतिको जानकारी दिँदैन । तर हाम्रो कानमा द्रवीय पदार्थ हुन्छ, जुन भौतिक विज्ञानको सिद्धान्तका आधारमा चल्दछ । गतिका क्रममा यो द्रवीय पदार्थ गतिमा हुन्छ ।

यस्तो स्थितिमा मस्तिष्कलाई कयौ प्रकारका सिंग्नल प्राप्त हुन्छ । मांसपेशीहरु र आँखाले बताइरहेको हुन्छ कि ‘हामी स्थिर छौ’ र कानको ब्यालेन्स सेन्सरले भनिरहेको हुन्छ कि ‘हामी गतिमान छौ’ । यो दुई वटा विरोधभासी संकेत सही हुन सक्दैन । दिमागलाई थाहा हुन्छ कि केही त गडबड छ ।

लाखौं वर्षको क्रमिक विकासका क्रममा दिभागले यो सिकिसकेको छ कि यस्तो गडबडी त्यतिबेला हुन्छ जब शरीरभित्र विषालु तत्व प्रवेश हुन्छ । त्यसको सामना गर्नका लागि ब्रेन तत्काल हर्कतमा आउँछ र रिङ्गटा लाग्ने र वान्ता आउने हुन्छ ।

कारमा यात्रा गर्ने क्रममा पुस्तक पढिरहेको अवस्था अरु खराब हुन्छ । किनभने यसक्रममा आँखाले निकै सानो स्थानमा फोकस गरिरहेको हुन्छ, दिमागलाई गतिको संकेत पठाउन सक्दैन । यात्राका क्रममा अगाडि हेर्दै आँखा खुला रहेको छ भने निकै आराम प्राप्त हुन्छ । वास्तवमा

यसो गर्दा दिमागलाई थाहा हुन्छ कि हामी गतिमान छौ । र, उसले यो तत्यलाई स्वीकार गर्दछ र बचाउको मुद्रामा आउँदैन ।

आमरुपमा बालबालिका वा कम यात्रा गर्नेहरुलाई यस्तो समस्या बढी हुन्छ । डाक्टर बर्नेटका अनुसार बालबालिकाको दिमाग विकास भइरहेको हुन्छ, उनीहरुमा यात्रा गर्ने बानी हुँदैन ।

त्यसैले बाल्यकालमा यस्तो कठिनाइ बढी हुन्छ । तर विस्तारै विस्तारै उमेर बढ्ने र यात्राको अनुभव बढ्दै जाँदा मस्तिष्कले बुझ्ने र तालमेल कायम गर्ने गर्दछ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  २ : ५५ बजे

लोकमानलाई शक्तिहीन बनाउने ओमप्रकाशको अग्निपरीक्षा

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा ओमप्रकाश अर्यालले गृह र कानून,

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुने

काठमाडौँ – अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्‌

तातोपानी र रसुवागढी नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङ भन्सार खोलियो

काठमाडौं– चीनसँगको वैदेशिक व्यापारका लागि प्रयोग हुँदै आएका सिन्धुपाल्चोकको तातोपानी

प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार जाँदै भारतीय राजदूत

काठमाडौँ – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव प्रधानमन्त्री सुशीला

झापामा एक सय ५२ भौतिक संरचनामा क्षति

सुरुङ्गा– जेनजी आन्दोलनका क्रममा झापामा १५२ वटा भौतिक संरचनामा क्षति