सवारीसाधनमा यात्रा गर्दा यसकारण हुन्छ वान्ता « Khabarhub

सवारीसाधनमा यात्रा गर्दा यसकारण हुन्छ वान्ता


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सवारी साधानमा यात्रा गर्दा मानिसहरुलाई रिंगटा लाग्ने र वान्ता आउने समस्या हुने गरेको हुन्छ । कतिपयले यात्रा गर्नुपूर्व वान्ता रोकिने औषधि खाएर यसको रोकथामको प्रयास गरेपनि त्यो पूर्ण रुपमा सफल नभएको हुन सक्छ ।

आखिर किन यस्तो हुन्छ त ?

बस, कार, हवाइजहाज वा अन्य सवारी साधानमा यात्रा गर्दा शरीर र मस्तिष्कबीच एउटा असामन्जस्यताको स्थिति उत्पन्न हुन्छ ।

कार्डिफ युनिभर्सिटीका न्युरोसाइन्टिस्ट डाक्टर डिएन बर्नेटका अनुसार यात्राका क्रममा दिमागलाई यस्तो लाग्दछ , जस्तो शरीरमा विष फैलिरहेको छ । ज्यान बचाउनका लागि मस्तिष्क हर्कतमा आउँछ । मन चञ्चल हुन्छ र वान्ता आउन लाग्दछ । यसरी दिमागले शरीरबाट विषालु तत्व बाहिर निकाल्ने कोशिस गर्दछ।

तर दिमागलाई यस्तो के संकेत प्राप्त हुन्छ त ? यसको कारण बारे डाक्टर बर्नेट भन्छन् – यात्राका क्रममा सिटमा बसेका मानिस स्थिर हुन्छन् । तर कानले लगातार गतिको आवाज मस्तिष्कसम्म पुराइरहेको हुन्छ । कानले दिमागलाई भन्छ कि हामी गतिशील छौ ।

एकातिर शरीर स्थिर हुन्छ भने अर्कातिर गतिसँग सम्बन्धित जानकारी । यही परस्पर विरोधभासी जानकारी प्राप्त भएका कारण मस्तिष्कलाई लाग्छ कि केही त गडबड भइरहेको छ।

डाक्टर बर्नेट भन्छन्,–यदि तपाई पानी जहाजमा बस्नु भएको छ र बाहिर सबै एक समान छ भने तपाईको आँखाले गतिको जानकारी दिँदैन । तर हाम्रो कानमा द्रवीय पदार्थ हुन्छ, जुन भौतिक विज्ञानको सिद्धान्तका आधारमा चल्दछ । गतिका क्रममा यो द्रवीय पदार्थ गतिमा हुन्छ ।

यस्तो स्थितिमा मस्तिष्कलाई कयौ प्रकारका सिंग्नल प्राप्त हुन्छ । मांसपेशीहरु र आँखाले बताइरहेको हुन्छ कि ‘हामी स्थिर छौ’ र कानको ब्यालेन्स सेन्सरले भनिरहेको हुन्छ कि ‘हामी गतिमान छौ’ । यो दुई वटा विरोधभासी संकेत सही हुन सक्दैन । दिमागलाई थाहा हुन्छ कि केही त गडबड छ ।

लाखौं वर्षको क्रमिक विकासका क्रममा दिभागले यो सिकिसकेको छ कि यस्तो गडबडी त्यतिबेला हुन्छ जब शरीरभित्र विषालु तत्व प्रवेश हुन्छ । त्यसको सामना गर्नका लागि ब्रेन तत्काल हर्कतमा आउँछ र रिङ्गटा लाग्ने र वान्ता आउने हुन्छ ।

कारमा यात्रा गर्ने क्रममा पुस्तक पढिरहेको अवस्था अरु खराब हुन्छ । किनभने यसक्रममा आँखाले निकै सानो स्थानमा फोकस गरिरहेको हुन्छ, दिमागलाई गतिको संकेत पठाउन सक्दैन । यात्राका क्रममा अगाडि हेर्दै आँखा खुला रहेको छ भने निकै आराम प्राप्त हुन्छ । वास्तवमा

यसो गर्दा दिमागलाई थाहा हुन्छ कि हामी गतिमान छौ । र, उसले यो तत्यलाई स्वीकार गर्दछ र बचाउको मुद्रामा आउँदैन ।

आमरुपमा बालबालिका वा कम यात्रा गर्नेहरुलाई यस्तो समस्या बढी हुन्छ । डाक्टर बर्नेटका अनुसार बालबालिकाको दिमाग विकास भइरहेको हुन्छ, उनीहरुमा यात्रा गर्ने बानी हुँदैन ।

त्यसैले बाल्यकालमा यस्तो कठिनाइ बढी हुन्छ । तर विस्तारै विस्तारै उमेर बढ्ने र यात्राको अनुभव बढ्दै जाँदा मस्तिष्कले बुझ्ने र तालमेल कायम गर्ने गर्दछ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  २ : ५५ बजे

बालेन सरकारको सय दिनमा तीन सुकुम्वासीको मृत्यु, व्यवस्थापनमा तैँ चुप, मैँ चुप

काठमाडौं- आइतबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम

आर्थिक शिथिलता चिर्ने प्रकारको मौद्रिक नीति आवश्यक

काठमाडौं– निजी क्षेत्रका प्रतिनिधि, बैंकर र पूर्व गभर्नरहरूले मुलुकको वर्तमान

‘ठूलो लगानीमा बनेको’ फिल्म ‘नागबन्धम’ नेपालमा पनि प्रदर्शन

काठमाडौं – ठूलो बजेटमा बनेको फिल्मका रुपमा दक्षिण भारतमा चर्चा

मालदह आँपको मूल्य बढ्यो

धनुषा– मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा