असोज भित्र नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्दैछौँ : खानेपानी मन्त्री « Khabarhub

असोज भित्र नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्दैछौँ : खानेपानी मन्त्री


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा– प्रदेश ३ को दोलखालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । खानेपानी मन्त्री बिना मगरले बिहीबार एक समारोहका बीच दोलखालाई मुलुकको ६७ औँ खुला दिसामुक्त जिल्लाको रुपमा घोषणा गरेकी हुन् ।

जिल्ला स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले खानेपानी मन्त्री मगरको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम आयोजना गरी दोलखालाई खुला दिसामुक्त जिल्ला घोषणा गरेको हो । खुला दिसामुक्त जिल्ला घोषणा सभालाई सम्बोधन गर्दै मन्त्री मगरले देशैभरी पूर्ण सरसफाइको कार्यक्रम अघि बढेको बताइन् । उनले आउँदो असोज भित्रमा नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागिएको जानकारी दिइन् ।

‘हामी स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर देशैभरीका लागि सरसफाइ योजना बनाउँदै छौँ’, उनले भनिन्, ‘अब राष्ट्रलाई पूर्ण सरसफाइ अभियानमा केन्द्रीत गर्दैछौँ । सरसफाइले हाम्रो समाज र देशको प्रतिष्ठा मापन गर्ने भएकाले यसलाई सामान्य कुरा ठान्नु हुँदैन । यसको महत्वलाई आत्मसात गर्नु पर्दछ ।’

दोलखा जिल्लामा २ नगरपालिका र ७ गाउँपालिका गरी नौ वटा स्थानीय तह छन् । दोलखामा ४५ हजार ६ सय ५८ घरधुरीमा शौचालय निर्माण भएका छन् ।

सार्वजनिक स्थल, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, मठ मन्दिर र सबै घरधुरीमा शौचालय निर्माण गरी प्रयोगमा आएपछि दोलखालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले जानकारी दिए । प्रमुख पाण्डेले अब दोलखामा पूर्ण सरसफाइको अभियान सञ्चालन गर्न रणनीतिक योजना तयार पारिएको बताए ।

यस्तै राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्र कुमार झाले खुला दिसा मुक्त जिल्ला घोषणा हुँदैमा पूर्ण सरसफाइको अभिभारा नहुने बताए । उनले दोलखा जिल्लालाई अब पूर्ण सरसफाइको अभियानमा जुट्न आग्रह गरे ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार हिमाली तथा पहाडी क्षेत्रका अधिकांश जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको छ । तराईका कपिलवस्तु, पर्सा, बारा, सर्लाही, महोत्तरी, धनुषा र मोरङ जिल्ला खुला दिसामुक्त हुन बाँकी रहेका छन् । यस्तै मुलुककै राजधानी काठमाडौं र पहाडी जिल्लामा सिन्धुपाल्चोक र सोलुखुम्बुलाई खुला दिसामुक्त घोषणा गर्न बाँकी रहेको विभागले जनाएको छ ।

सरकारले २०६८ सालमा सरसफाइ गुरुयोजना कार्यान्वयनमा ल्याएपछि उक्त कार्यक्रमअन्तर्गत विसं २०६८ असार १० गते कास्कीलाई पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ६ : १० बजे

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको