असोज भित्र नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्दैछौँ : खानेपानी मन्त्री | Khabarhub Khabarhub

असोज भित्र नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्दैछौँ : खानेपानी मन्त्री


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा– प्रदेश ३ को दोलखालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । खानेपानी मन्त्री बिना मगरले बिहीबार एक समारोहका बीच दोलखालाई मुलुकको ६७ औँ खुला दिसामुक्त जिल्लाको रुपमा घोषणा गरेकी हुन् ।

जिल्ला स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले खानेपानी मन्त्री मगरको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम आयोजना गरी दोलखालाई खुला दिसामुक्त जिल्ला घोषणा गरेको हो । खुला दिसामुक्त जिल्ला घोषणा सभालाई सम्बोधन गर्दै मन्त्री मगरले देशैभरी पूर्ण सरसफाइको कार्यक्रम अघि बढेको बताइन् । उनले आउँदो असोज भित्रमा नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागिएको जानकारी दिइन् ।

‘हामी स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर देशैभरीका लागि सरसफाइ योजना बनाउँदै छौँ’, उनले भनिन्, ‘अब राष्ट्रलाई पूर्ण सरसफाइ अभियानमा केन्द्रीत गर्दैछौँ । सरसफाइले हाम्रो समाज र देशको प्रतिष्ठा मापन गर्ने भएकाले यसलाई सामान्य कुरा ठान्नु हुँदैन । यसको महत्वलाई आत्मसात गर्नु पर्दछ ।’

दोलखा जिल्लामा २ नगरपालिका र ७ गाउँपालिका गरी नौ वटा स्थानीय तह छन् । दोलखामा ४५ हजार ६ सय ५८ घरधुरीमा शौचालय निर्माण भएका छन् ।

सार्वजनिक स्थल, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, मठ मन्दिर र सबै घरधुरीमा शौचालय निर्माण गरी प्रयोगमा आएपछि दोलखालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले जानकारी दिए । प्रमुख पाण्डेले अब दोलखामा पूर्ण सरसफाइको अभियान सञ्चालन गर्न रणनीतिक योजना तयार पारिएको बताए ।

यस्तै राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्र कुमार झाले खुला दिसा मुक्त जिल्ला घोषणा हुँदैमा पूर्ण सरसफाइको अभिभारा नहुने बताए । उनले दोलखा जिल्लालाई अब पूर्ण सरसफाइको अभियानमा जुट्न आग्रह गरे ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार हिमाली तथा पहाडी क्षेत्रका अधिकांश जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको छ । तराईका कपिलवस्तु, पर्सा, बारा, सर्लाही, महोत्तरी, धनुषा र मोरङ जिल्ला खुला दिसामुक्त हुन बाँकी रहेका छन् । यस्तै मुलुककै राजधानी काठमाडौं र पहाडी जिल्लामा सिन्धुपाल्चोक र सोलुखुम्बुलाई खुला दिसामुक्त घोषणा गर्न बाँकी रहेको विभागले जनाएको छ ।

सरकारले २०६८ सालमा सरसफाइ गुरुयोजना कार्यान्वयनमा ल्याएपछि उक्त कार्यक्रमअन्तर्गत विसं २०६८ असार १० गते कास्कीलाई पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ६ : १० बजे

तातोपानी नाकाबाट भित्रिए सय कन्टेनर, रसुवागढीमा बेलिब्रिज हाल्ने तयारी 

काठमाडौं – तातोपानी नाका जोड्ने अरनिको राजमार्ग सञ्चालनमा आएपछि चीनतर्फ

साल्ट ट्रेडिङ कर्पोरेसन झापामा २२८ मेट्रिक टन रासायनिक मल मौज्दात

झापा– साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड झापा कार्यालयले चालु आर्थिक वर्ष

शुक्लाफाँटा नगरपालिकामा तीन करोड बढीको क्षति

कञ्चनपुर– जेन-जी प्रदर्शनका क्रममा शुक्लाफाँटा नगरपालिकाले पनि आर्थिक क्षति बेहोर्नुपरेको

अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बिमा

दमौली– यहाँको घिरिङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको निःशुल्क स्वास्थ्य बिमा

राष्ट्रपति र प्रधानमन्त्रीबीच फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच