भारतीय सहयोगमा निर्मित परियोजना सम्पन्न गर्न सहमति « Khabarhub

भारतीय सहयोगमा निर्मित परियोजना सम्पन्न गर्न सहमति


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय ऋण सहयोगमा निर्मित परियोजनाहरु सम्पन्न गर्न दुई देशका प्रतिनिधिहरु सकारात्मक देखिएका छन् ।

राष्ट्रिय पुनर्निमाण प्राधिकरण र नेपालस्थित भारतीय राजदूतावासले भारतीय निर्यात–आयात बैंक (एक्जिम)को ऋण व्यवस्था सम्बन्धी नीति निर्देशन तथा प्रक्रियाहरुबारे छलफल गर्दै परियोजना सफल बनाउन सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

दुई दिने प्रशिक्षण कार्यक्रममा परियोजना पहिचान, पूर्वयोग्यता तथा टेन्डर प्रक्रिया, टेन्डर दस्तावेजको मूल्याङ्कन, मनोनयन प्रक्रिया, परियोजना कार्यान्वयन एवम् अनुगमन लगायत एक्जिम बैंकको ऋण व्यवस्थाका रुपरेखाबारे बारेमा छलफल भएको हो ।

कार्यक्रममा नेपाल सरकारका कूल २७ कर्मचारीहरुको सहभागिता थियो । भारतको एक्जिम बैंकका तीन वरिष्ठ विज्ञहरुले सो प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका थिए । सन् २०१९ जुनमा भारतमा आयोजित ७ औं ऋण व्यवस्था (एलओसी) समीक्षा बैठकमा नेपाल तथा भारत सरकारबीच भएको द्विपक्षीय समझदारीको हिस्साको रुपमा सो कार्यक्रम आयोजना गरिएको हो ।

त्यसैगरी कार्यक्रमको दोस्रो दिनको सत्रमा नेपाल सरकारका कर्मचारीहरुले नेपालमा भारत सरकारको ऋण व्यवस्थाको सहयोगमा सञ्चालित परियोजनाहरुमा संलग्न भारतीय ठेकेदारहरुलाई आयात/निर्यात तथा घरेलु कर सम्बन्धी जानकारी दिएका थिए । कूल २८ भारतीय ठेकेदारहरुले प्रशिक्षणमा भाग लिएका थिए ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ६ : १३ बजे

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको