१३औं सागका लागि कराँतेबाट ३२ खेलाडी छनोट « Khabarhub

१३औं सागका लागि कराँतेबाट ३२ खेलाडी छनोट


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी म‌ंसिरमा देशभित्रै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि कराँतेबाट दुई वैकल्पिकसहित ३२ खेलाडी छनोट भएका छन् । नेपाल कराँते महासंघले साउन पहिलो सातादेखि विशेष प्रशिक्षणमा रहेका १ सय ८ खेलाडीबाट बिहीबार छनोट गर्दै सागका लागि दुई वैकल्पिकसहित ३२ खेलाडी छनोट गरेको हो ।

कातामा दुई वैकल्पिकसहित १० खेलाडी तथा फाइटमा २० खेलाडी छनोट भएका छन् । एकल कातामा महिला र पुरुषमा समान १–१ तथा टिम कातामा महिला र पुरुषा समान ३–३ खेलाडी छनोट भएका छन् । फाइटमा महिलामा ८ र पुरुषमा १० खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भए ।

एकल काता पुरुषतर्फ आठौं राष्ट्रिय खेलकुदका स्वर्णपदक विजेता मन्डेकाजी श्रेष्ठ र महिला एकल कातामा आठौंकै स्वर्णधारी चञ्चला दनुवार स्वदेशमा तीन महिनापछि आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भइन् ।

मन्डे टिम कातामा पनि छनोट भए ।

बिहीबार भएको छनोटमा मन्डेले पर्शुराम बास्तोलालाई १ अंकले पछि पारेका हुन् । मन्डले ३९ अंक प्राप्त गर्दा पर्शुरामले ३८ अंक पाएका थिए । टिम कातामा पनि मन्डेले स्वर्ण हात पार्दै दुई विधामा छनोट हुन सफल भए । भाग्गसँग ठगिदै आएकी आठौंकी स्वर्णधारी चञ्चलाले सुभद्रा श्रेष्ठलाई पछि पार्दै १३ औं सागका लागि स्थान सुरक्षित गरिन् । उनी २०१४ मा भएको इन्चोन एसियाडमा छनोट भएर पनि खेल्न बाट वञ्चित बनेकी थिइन् । गत वर्षको जाकार्ता एसियाडमा उनी पदकको लागि भएको खेलमा चुकेकी थिइन् ।

महिला टिम कातामा निर्मला तामाङ, संगिता मगर र सरु कार्की छनोट भइन् । कापिला विष्ट वैकल्पिक खेलाडीमा रहेकी छन् ।
फाइटतर्फ पुरुष ५० केजीमा सोनाम लामाले शिव खत्रीलाई तथा ५५ केजीमा लक्ष्मण तामाङले विजय श्रेष्ठलाई पराजित गर्दै राष्ट्रिय टोलीमा स्थान बनाए । ६० केजीमा राजीव पुडासैनीले स्वर्ण तथा राजकुमार रसाइलीले रजत जिते । ६७ केजीमा नवीन रसाइली पहिलो तथा अर्जुन बाघचन्द्र दोस्रो भए ।

७५ केजीमा गंगाराम कुसवार पहिलो तथा मुकुन्द महर्जन दोस्रो भए । ८४ केजीमुनि दिवस श्रेष्ठले स्वर्ण तथा सुशिल पौड्यालले रजत जित्दै १३औं सागलाई छनोट भए । ८४ केजीमाथि विप्लव लाल श्रेष्ठले स्वर्ण तथा लेखराज मैनालीले रजत जिते ।

महिला फाइटको ४५ केजीमा कुसुम खड्काले मीरा योन्जनलाई तथा ५० केजीमा अनु अधिकारीले मिस्ली श्रेष्ठलाई पछि पार्दै राष्ट्रिय टोलीमा स्थान बनाइन् ।

५५ केजीमा मनिषा चौधरीले स्वर्ण तथा सुस्मिता वाइवाले रजत जितिन् । ६१ केजीमा अनु गुरुङले स्वर्ण तथा एस्तर राईले रजत जितिन् । ६८ केजीमा सुनता महर्जनले स्वर्ण तथा सनि तामाङले रजत जितिन् । ६८ केजीमाथि अनुपमा मगरले स्वर्ण तथा रिता कार्कीले रजत जित्दै राष्ट्रिय टोलीमा स्थान बनाइन् ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षण एकसातापछि हुने प्रशिक्षक कुशल श्रेष्ठले जानकारी गराए । १३औं साग आगामी मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा हुनेछ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ७ : ५४ बजे

कसरी सम्भव भयो,ओलीको इलाकामा बालेनको धमाका ?

हुन त म पनि हिजोसम्म पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष

रसुवा अस्पतालमा सेवा विस्तार

रसुवा– रसुवाको धुन्चेस्थित रसुवा जिल्ला अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध हुन

मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च

पाँचथर– हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी– शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई