‘वार एण्ड पिस’ पुस्तक राखेको विषयमा अदालतले कारण मागेपछि… « Khabarhub

‘वार एण्ड पिस’ पुस्तक राखेको विषयमा अदालतले कारण मागेपछि…


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– मुम्बई महान् रुसी लेखक लियो टोल्सटयको ‘वार एण्ड पिस’ उपन्यासलाई रुसी भाषाको मात्र नभइ विश्व साहित्यकै उत्कृष्ट कृतिका रुपमा लिइन्छ ।

नेपोलियन युद्धताका जारशाही रुसी समाजको परिवेश समेटिएको ‘वार एण्ड पिस’ लाई निकै महत्वपूर्ण कृति मानिन्छ । तर, यही उपन्यास अहिले भारतमा भने विवादको केन्द्र बन्न पुगेको छ ।

खासमा बम्बैको उच्च अदालतले एक अभियन्तालाई आफूसँग किन ‘यस्तो किताब’ राखेको भनेर प्रश्न गरेपछि भारतीय सामाजिक सञ्जालमा बहसको विषय बनेको छ ।

बुधबार बम्बैको उच्च अदालतले सामाजिक अभियन्ता भर्नन गोन्जाल्भेजलाई यो किताब आफूसँग राख्नुको कारणबारे जानकारी मागेको हो । जातीय भेदभावविरुद्ध अभियान चलाइरहेका गोन्जाल्भेजसहित ५ जनालाई प्रहरीले गत वर्ष पक्राउ गरेको थियो । प्रहरीले उनलाई पक्राउ गर्ने बेला वार एण्ड पिस सहितका केही पुस्तक तथा सीडीहरु बरामद गरेको थियो ।

अदालतले यस्ता पुस्तकहरु राज्यविरोधी रहेको भन्दै पुस्तकबारे स्पष्ट पार्न अदालतले आदेश दिएको हो ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ७ : ५८ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा