‘वार एण्ड पिस’ पुस्तक राखेको विषयमा अदालतले कारण मागेपछि… « Khabarhub

‘वार एण्ड पिस’ पुस्तक राखेको विषयमा अदालतले कारण मागेपछि…


१२ भदौ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– मुम्बई महान् रुसी लेखक लियो टोल्सटयको ‘वार एण्ड पिस’ उपन्यासलाई रुसी भाषाको मात्र नभइ विश्व साहित्यकै उत्कृष्ट कृतिका रुपमा लिइन्छ ।

नेपोलियन युद्धताका जारशाही रुसी समाजको परिवेश समेटिएको ‘वार एण्ड पिस’ लाई निकै महत्वपूर्ण कृति मानिन्छ । तर, यही उपन्यास अहिले भारतमा भने विवादको केन्द्र बन्न पुगेको छ ।

खासमा बम्बैको उच्च अदालतले एक अभियन्तालाई आफूसँग किन ‘यस्तो किताब’ राखेको भनेर प्रश्न गरेपछि भारतीय सामाजिक सञ्जालमा बहसको विषय बनेको छ ।

बुधबार बम्बैको उच्च अदालतले सामाजिक अभियन्ता भर्नन गोन्जाल्भेजलाई यो किताब आफूसँग राख्नुको कारणबारे जानकारी मागेको हो । जातीय भेदभावविरुद्ध अभियान चलाइरहेका गोन्जाल्भेजसहित ५ जनालाई प्रहरीले गत वर्ष पक्राउ गरेको थियो । प्रहरीले उनलाई पक्राउ गर्ने बेला वार एण्ड पिस सहितका केही पुस्तक तथा सीडीहरु बरामद गरेको थियो ।

अदालतले यस्ता पुस्तकहरु राज्यविरोधी रहेको भन्दै पुस्तकबारे स्पष्ट पार्न अदालतले आदेश दिएको हो ।

प्रकाशित मिति : १२ भदौ २०७६, बिहिबार  ७ : ५८ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’