साफ च्याम्पियनसिपः उपाधिका लागि नेपाल र भारत भिड्ने « Khabarhub

साफ च्याम्पियनसिपः उपाधिका लागि नेपाल र भारत भिड्ने


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा जारी पाँचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिपको फाइनलमा आइतबार नेपाल र भारत भिडने भएका छन् ।

भारतको कोलकातास्थित कल्याणी रङ्गशालामा बिहीबार भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा भारतले बंगलादेशलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेपछि नेपाल फाइनलमा पुगेको हो । भारतले बंगलादेशलाई हराएसँगै नेपाल दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो ।

भुटानसँगको खेलमा भारतका लागि हिमांशु जान्ग्राले तीन तथा शुभो पलले एक गोल गरेका थिए । अपराजित भारत भने शीर्ष स्थानमा रहदै फाइनल पुग्यो ।

बिहीबारै भएको अन्तिम खेलमा नेपालले भुटानलाई ६–० गोलले पराजित गरेको थियो । भुटानसँगको खेलमा नेपालका लागि कप्तान प्रदिप लम्सालले दुई गोल गरे । यस्तै अशिम राई, क्रिस सापकोटा, निराजन खत्री र सुगम जिम्मीले एक/एक गोल गरेका थिए । खेलको पाँचौ मिनेटमा प्रदिपले पेनाल्टीमार्फत गोल गरी नेपाललाई अग्रता दिलाएका थिए । खेलको नवौँ मिनेटमा निराजनले गोल गरे ।

यस्तै खेलको ४८औँ मिनेटमा प्रदिपले व्यक्तिगत दोस्रो गोल गरी नेपाललाई ३–० को अवस्थामा पुर्‍याए । खेलको ७५औँ मिनेटमा अशिमले, ८५औँ मिनेटमा क्रिसले तथा अतिरिक्त समयमा सुगमले गोल गरी नेपाललाई ६–० गोलको सहज जित दिलाएका थिए ।

यसअघि पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको थियो । त्यसपछिका तीन खेलमा नेपालले श्रीलङ्का, बंगलादेश र भूटानलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ९ : १० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी