नेप्से ४.६६ बिन्दुले घट्यो « Khabarhub

नेप्से ४.६६ बिन्दुले घट्यो


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । पछिल्ला दिनमा लगातार घट्दै आएको बजारको लयलाई पछ्याउँदै बजार ओरालो लागेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.६६ बिन्दुले घटेर एक हजार १२५.१४ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि ०.९८ बिन्दुले घटेर २४६.३३ मा पुगेको छ । कूल १५६ कम्पनीका नौ लाख २४ हजार १९० कित्ता शेयर रु २४ करोड १४ लाख ९८ हजार ५५४ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर बढेको छ ।

यस्तै नौ उपसमूहका शेयर भने ओरालो लागेको छ । विकास बैंक १.४६ र अन्य उपसमूह २.३१ बिन्दुले घटेको छ । बैंकिङ ४.४४, होटल ३४.२१, जलविद्युत् २.४३, वित्त ०.९१, निर्जीवन बीमा ६३.९७, उत्पादन २१.६३, लघुवित्त ६.०७, जीवन बीमा २२.५४ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले घटेको छ ।

स्टकका अनुसार आज कारोवारका आधारमा प्रभु बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु तीन करोड ३६ लाख २४ हजार ३०८ मा कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै सानिमा बैंक रु दुई करोड ५६ लाख ९० हजार ३१७, बैंक अफ काठमाडौँको सङ्घ संस्थापक शेयर रु दुई करोड पाँच लाख ८० हजार, नेपाल लाइफ इन्स्योरेन्स रु एक करोड २३ लाख सात हजार ७१२, कृषि विकास बैंक रु ९६ लाख ६० हजार ८५, शिवम् सिमेन्ट रु ९० लाख ३९ हजार ४५५ र एनआइसिएशिया बैंकको रु ८५ लाख १५ हजार ८८८ मा कारोवार भई शीर्ष स्थानमा रहे ।

घटेको बजारमा आँखु खोला जलविद्युत् कम्पनीका शेयरधनीले ३.७७ प्रतिशतले कमाए । यस्तै हिमालयन पावर पार्टनर २.९४, कृषि विकास बैंक १.९५, नेशनल हाइड्रो पावरका लगानीकर्ताले १.९२ कमाए । त्यस्तै हिमालयन ऊर्जा विकास कम्पनी ८.०३, सिन्धु विकास बैंक ६.२९, गुर्खाज फाइनान्स ६.१४, समता माइक्रोफाइनान्स ६.०५ र माछापुच्छे« बैंकका शेयरधनीले ५.८० प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ६ : ४४ बजे

किभमा रातभर रुसी हमला, आवासीय तथा औद्योगिक क्षेत्रमा क्षति

किभ– रुसी सेनाले किभमा रातारात गरेको ब्यालिस्टिक क्षेप्यास्त्रसहितको आक्रमणमा परी

सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

काठमाडौं– बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा भएको

सांसदहरूसँग एमाले अध्यक्ष ओलीलगायत नेताको छलफल (तस्बिरहरू)

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले संघीय सांसदहरूसँग अन्तरक्रिया गरेको छ

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य 

काठमाडौं- एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभागसँग सम्झौता गरेको

टिस्टुङमा स्वास्थ्य शिविर : ४७७ जना लाभान्वित

काठमाडौं– मकवानपुरको थाहा नगरपालिका–११ टिस्टुङमा शनिबार सञ्चालित स्वास्थ्य शिविरबाट  ४७७