पुष्पलाल चोक–गछिया सडक स्तरोन्नति « Khabarhub

पुष्पलाल चोक–गछिया सडक स्तरोन्नति


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले विकासका कामलाई तीव्रता दिएको बताएका छन् ।

मोरङको कोयलपुरस्थित २७ किलोमिटर लामो विराटनगर–पुष्पलाल चोक–गछिया सडक कालोपत्र स्तरोन्नति कार्यको आइतबार शिलान्यास गर्दै उनले सङ्घीयता कार्यान्वयनसँगै जनताका चाहना र आवश्यकतालाई पूरा गर्न सरकार गम्भीर रहेको बताए ।

उनले विकास निर्माणले जनताको जीवनस्तर उकास्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सडक कालोपत्रे गरेपछि यहाँका किसानले उत्पादन गरेको कृषि उपज बजारमा सहजताका साथ पुग्नुका साथै उत्पादनमा वृद्धि हुने बताए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार निर्माण सडक सञ्चार सुधारअन्तर्गत दुई वर्षको अवधिभित्र स्तरोन्नतिको कामसक्ने गरी ‘मृतसञ्जीवनी जेभिले रु ५२ करोडमा ठेक्का लिएको हो ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  १० : १५ बजे

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक

ग्लोबल साउथको आर्थिक पहुँचमा केन्द्रित ब्रिक्स सम्मेलन सम्पन्न, तनावबीच सहकार्यको खोजी

काठमाडौं– नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ ।

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५