शक्तिशाली आँधीका कारण क्युवामा तीनको मृत्यु, १७२ घाइते | Khabarhub Khabarhub

शक्तिशाली आँधीका कारण क्युवामा तीनको मृत्यु, १७२ घाइते


१५ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्युवा-  क्युवाको राजधानी हवानामा शक्तिशाली आँधीका कारण तीन जनाको मृत्यु भएको छ भने कम्तिमा १७२ जना घाइते भएका राष्ट्रपति मिगुएल दायज क्यानेलले सोमबार बताउनुभएको छ ।

क्यानेलले ट्वीटरमा लेख्नुभएको छ, “आइतबार राति हवानाको रेग्ला नगरमा आएको आँधीका कारण निकै धेरै क्षति पुगेको छ । अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने १७२ जना घाइते भएका छन् । घटनास्थलमा सयौँको सङ्ख्यामा सुरक्षाकर्मी उद्धारका लागि खटिरहेका छन् ।”

आँधीका कारण हवानाका कैयौँ नगरहरूमा विद्युत आपुर्ति अवरूद्ध भएको छ भने कैयौँ भौतिक संरचनामा क्षति पुगेका हवानाबाट प्राप्त समाचारमा जनाइएको छ ।

व्यापक बर्षासाथ आएको आँधी प्रतिघण्टा १०० किलोमिटरको गतिमा आएको स्थानीय मौसम विज्ञान कार्यालयले जनाएको छ ।

क्युवामा आँधीबाट हरेक बर्ष दर्जनौँको सङ्ख्यामा नागरिकले ज्यान गुमाउने गरेका छन् । सन् १९४० को डिसेम्बरमा पश्चिमी शहर वेजुकालमा आएको आँधीलाई क्युवाको इतिहासमा सबैभन्दा प्रलयकारी मानिने गरेको छ ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार  ४ : ४१ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः