बेलायतमा १२ डिसेम्बरमा आम चुनाव गर्ने प्रस्ताव संसदद्वारा खारेज « Khabarhub

बेलायतमा १२ डिसेम्बरमा आम चुनाव गर्ने प्रस्ताव संसदद्वारा खारेज


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायतमा आगामी डिसेम्बर १२ मा आम चुनाव गर्ने प्रस्ताव त्यहाँको संसदले खारेज गरिदिएको छ ।

प्रधानमन्त्री बोरिस जोनसोनको जोडबलका बाबजुद संसदले आम चुनावको प्रस्ताव खारेज गरिदिएको हो ।

सरकारले आगामी डिसेम्बर १२ मा आम चुनाव गर्नेगरी संसदमा विधेयक दर्ता गरेको थियो । उक्त विधेयक पारित गर्नका लागि संसदमा रहेका कूल सदस्य संख्याको दुई तिहाईको समर्थन आवश्यक थियो । तर, सरकारले भने विधेयकको पक्षमा २ सय ९९ जना सांसदको मात्रै समर्थन जुटाउन सक्यो ।

यसका बाबाजुद प्रधानमन्त्री बोरिसले छिट्टै आम चुनाव सम्पन्न गर्नका लागि पुनः अर्को विधेयक ल्याउने जनाएका छन् । उक्त विधेयक साधारण बहुमतले पारित हुने गरी ल्याइने पनि प्रधानमन्त्री बोरिसको भनाइ छ ।

जोनसोनले भनेका छन्– ‘संसद निष्क्रिय भइसकेको छ । सांसदहरु यो देशलाई बन्धक बनाएर राख्न सक्दैनन् ।’

तर, विपक्षी लेबर पार्टीले प्रधानमन्त्रीमाथि विश्वास गर्न नसकिने जनाएको छ ।

यस बीच युरोपेली संघ (इयू)ले बेक्जिट प्रक्रियाका लागि बेलायतलाई आगामी जनवरी ३१ तारिख सम्मका लागि समय दिने निर्णय गरेको छ ।

यसअघि प्रधानमन्त्री जोनसोन ३१ अक्टोबरमै ब्रेक्जिट लागू गर्नका लागि अडानमा थिए । यद्यपि इयूको नयाँ प्रस्ताव उनले पनि स्वीकार गरिसकेका छन् ।

अक्टोबर महिनाको पहिलो हप्तामा प्रधानमन्त्री जोनसोनले इयूलाई बिना हस्ताक्षरको पत्र लेख्दै ब्रेक्जिट प्रक्रियाको ‘विलम्ब’का लागि अनुरोध गरेका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ६ : २९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार