नेकपा नुवाकोटको सङ्घ, प्रदेश र स्थानीय तहको समायोजन टुङ्गियो | Khabarhub Khabarhub

नेकपा नुवाकोटको सङ्घ, प्रदेश र स्थानीय तहको समायोजन टुङ्गियो


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा पार्टी एकतापछि रिक्त रहेको नेतृत्वको जिम्मेवारी बाँडफाँट भएको छ ।

पार्टी कार्यालयका पदाधिकारीको शुक्रबार काठमाडौँमा सम्पन्न बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको संयोजक र सचिव चयन गरेको छ भने १२ वटै स्थानीय तहमा अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज चयन गरेको नेकपा नुवाकोटका इञ्चार्ज महेन्द्रबहादुर पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार निर्वाचन क्षेत्र नं १ को संयोजकमा पदम उप्रेती र सचिवमा राजन गौतमलाई जिम्मेवारी दिइएको छ । क्षेत्र नं २ को संयोजकमा राजकुमार रेग्मी ‘सन्देश’ र सचिवमा हरि अधिकारी चयन भएका छन् ।

प्रदेशसभा १ (क) को संयोजकमा बलराम आचार्य र सचिवमा राजन श्रेष्ठ, प्रदेशसभा १ (ख) को संयोजकमा सुवास तामाङ र सचिवमा जीतबहादुर घलेलाई जिम्मेवारी दिइएको छ ।

प्रदेशसभा २ (क) को संयोजकमा नवीन पुडासैनी र सचिवमा माधव पाण्डे, प्रदेशसभा २ (ख) को संयोजकमा गणेश श्रेष्ठ र सचिवमा सुवास तामाङलाई जिम्मेवारी दिइएको छ । बैठकले स्थानीय तहअनुसार जिल्लाको १२ वटै पालिकाको इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको छ ।

नेतृत्व चयनको क्रममा दुई पार्टी साविक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मध्ये एकअर्को गरेर बराबर सङ्ख्यामा पद विभाजन गरिएको छ ।

प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहमा पदीय विभाजनका लागि ७२ पदमा महिला एक मात्र किस्पाङ गाउँपालिकाको सहइन्चार्जमा श्रीमाया लामा चयन भएकी छन् । नेकपा नुवाकोटका नारायणप्रसाद खतिवडाको अनुसार वडा कमिटी विस्तार गर्न सम्बन्धित स्थानीय तहको नेतृत्वलाई जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  १० : ०९ बजे

इजरायलबाट नेपालीलाई फर्काउने कि सरकार ?

काठमाडौं– नेपाली समाजमा एउटा आहान छ– इयाली बियाँली दिन गुमाई,

निराशा होइन, आशाको सञ्चार जरुरी छ : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निराशाभन्दा आशाको

विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

धनुषा– हंसपुर नगरपालिका-६ सोनीगामा बस्ने ६० वर्षीय प्रदिप मण्डलको करेन्ट लागेर मृत्यु

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सुर्खेत– १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा वीरेन्द्रनगर नगरपालिका-१५ रतुगाउँ बस्ने

प्रभु साहले भने- सरकारले मलखाद नदिएर किसानलाई जिउँदै मारिरहेको छ

रौतहट– आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु