कास्कीको मतगणना फलामे तारजालीभित्र हुने | Khabarhub Khabarhub

कास्कीको मतगणना फलामे तारजालीभित्र हुने


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्की –२ को मतगणना तारजालीभित्र हुने भएको छ ।

शनिवार(आज) सम्मपन्न उपनिर्वाचन सकिएसँगै विभिन्न मत केन्द्रबाट मतपेटिका ल्याउने क्रम जारी छ ।

प्रारम्भिक नतिजा अनुसार ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्र सुवेदीले बताए ।

५ बजे मतदान सकिएर सहिदचोकस्थित जिल्ला समन्वय समितिमा मतपेटिका ल्याउने क्रम जारी रहेको हो । ८ बजे सर्वदलीय बैठक बसेर मतगणना थाल्ने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

कास्कीमा ११ दल र १० स्वतन्त्र गरी २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेकपा उम्मेदवार विद्या भट्टराई र कांग्रेस उम्मेदवार खेमराज पौडेलबीच मुख्य प्रतिस्पर्धी हुने अनुमान गरिएको छ ।

जिल्ला समन्वय समितिको सभाहलमा फलामे तारजालीभित्र मतगणनाको तयारी भइरहेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ६ : ४४ बजे

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं– इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।