आइपीएलः सन्दीपको शानदार प्रदर्शन, १ विकेटसहित २९ रन खर्चिए | Khabarhub Khabarhub

आइपीएलः सन्दीपको शानदार प्रदर्शन, १ विकेटसहित २९ रन खर्चिए


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली लेगस्पिनर सन्दीप लामिछानेले १२ औं संस्करणको इण्डियन प्रिमिएर लिग (आइपीएल) क्रिकेटमा शानदार प्रदर्शन गरेका छन् । दिल्ली क्यापिटल्समा आबद्ध सन्दीपले कोलकत्ता नाइटराइडर्सविरुद्धको खेलमा उत्कृष्ट बलिङ गरेका हुन् । उनले घरेलु मैदान फिरोज कोट्ला रंगशालामा सन्दीपले पुरै ४ ओभर बलिङ गर्दै १ विकेट लिएर २९ रन खर्चिए ।

दिल्लीको तेस्रो खेलमा प्लेइङ-११ मा अटाएका सन्दीपले आफनो पहिलो ओभरमा उत्कृष्ट बलिङ गरे । ५ बल डट फालेका उनले १ रन खर्चिएका थिए । दोस्रो ओभरमा ६ रन खर्चिएका सन्दीपले निखिल नायकलाई पभेलियन फर्काए । तेस्रो ओभरमा शुबमन गिललाई रनआउटसहित सन्दीपले ३ रन खर्चिए ।

चौथो ओभरमा सन्दीप केही मंहगो साबित भए । उनले २ छक्का र १ चौकासहित १७ रन खर्चिए । आफ्नो दुई खेलमा सन्दीपलाई नखेलाएको दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर लामिछालाई आफ्नो तेस्रो खेलमा मैदान उतारेको हो ।

दिल्लीस्थित फिरोज कोट्ला स्टेडियममा दिल्लीले कोलकत्ता नाइट राइडर्ससँग प्रतिस्पर्धा भइरहेको छ ।

दिल्ली टिम
कप्तान: श्रयस अयर, पृथ्वी श्वा, शिखर धवन, कोलिन इग्राम, हुनुमा विहारी, क्रिस मोरीस, अमित मिश्रा, सन्दीप लामिछाने, कागिसो रवडा, हर्षल पटेल, रिसभ पन्त

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  १० : ०० बजे

प्रधानमन्त्री दाहाल र अमेरिकी सुरक्षापरिषदकी निर्देशकबीच भेटवार्ता

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनकी

बाँकेको दशगजाका ७१ सीमास्तम्भको मर्मत सुरु

बाँके– बाँकेको जमुनाहस्थित नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको मर्मतसम्भार र

चिसोले जमेको म्याग्दीको पञ्चकुण्ड तालमा रमाउँदै पर्यटक

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड’

एस्टन भिल्लासँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लासँग साविक विजेता म्यानचेस्टर

पुस ५ देखि १६ गतेसम्म लेखनाथ महोत्सव हुने

पोखरा– कास्कीको लेखनाथ उद्योग वाणिज्य संघले आगामी पुस ५ देखि