आँचललाई ‘दाल, भात तरकारी’ बाट आश ! « Khabarhub

आँचललाई ‘दाल, भात तरकारी’ बाट आश !


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका आँचल शर्मा आफ्ना फिल्मका कारणले भन्दा पनि बढी व्यक्तिगत जीवनका कारण चर्चामा रहने गर्छिन् । यी सुन्दरी नायिकाले खासै धेरै फिल्ममा अभिनय गरेकी छैनिन् । यसअघि उनले ‘शत्रु गते’ मा अभिनय गरेकी थिइन् । यो फिल्मबाट उनले धेरथोर चर्चा पनि पाइन् । त्यसपछि केही समय उनी फिल्ममा देखिइनन् ।

बरु ‘शत्रु गते’ मा कलाकारको ठूलो समूह भएकाले आँचलको खासै चर्चा नभएको भन्ने चर्चा चल्यो ।

अहिले भने उनी अभिनित फिल्म ‘दाल, भात, तरकारी’ को चर्चा छ । फिल्मले एक किसिमले राम्रै हाइप बनाइरहेको छ । चलचित्र यही वैशाख २० गतेदेखि प्रदर्शन हुँदैछ । आँचलले यो फिल्मबाट आशा गरेकी छिन् । मह जोडीसँगै रहेर यसअघि नै काम गरे पनि यो फिल्ममा आँचल शर्मालाई अर्का अभिनेता पुष्प खड्कासँग देख्न सकिनेछ ।

ट्रेलर र गीतबाट राम्रै चर्चा पाएको यो फिल्मबाट आँचलले राम्रै चर्चा पाउने अपेक्षा गरिएको छ । अभिनेता पल शाहसँग नाम जोडिएर चर्चामा आइरहने यी नायिका फिल्मका कारणले पनि चर्चामा आऊन् भन्ने उनका फ्यानले आश गरेका छन् । तर, आँचल भने चर्चामा आउनुको कारण अभिनय भन्दा पनि ‘लभ लाइफ’ नै हुने गर्छ ।

यसअघि पल र आँचलको जोडी रहेको फिल्म ‘जोनी जेन्टलम्यान’ व्यापारिक दृष्टिमा फ्लप भएको थियो । यो जोडीलाई म्युजिक भिडियोमा भने दर्शकले खुबै रुचाएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  १ : १६ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार