धरापमा रहेको शिल्पाको करिअरलाई ‘सानो मन’ ले राहत देला ? « Khabarhub

धरापमा रहेको शिल्पाको करिअरलाई ‘सानो मन’ ले राहत देला ?


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नायिका शिल्पा मास्केलाई यसअघि फिल्म ‘ब्रेकअप’ मा आशिरमान जोशीकी ‘प्रेमिका’ का रुपमा दर्शकले पर्दामा देखे । यो फिल्मले बक्स अफिसमा खासै व्यापार गर्न सकेन । संयोग नै भन्नुपर्छ, फिल्म ‘सानो मन’ मा शिल्पाले आशिरमानका दाइ आयुष्मान जोशीसँग जोडी बाँधेकी छिन् । जुन फिल्म रिलिजको क्रममा छ ।

त्यसो त शिल्पाले हलिउडको फिल्म ‘डाक्टर स्ट्रेन्ज’ मा निभाएको सानो भूमिका र ‘कागजपत्र’ मा निभाएको भूमिकाबाट तारिफ बटुलिन् । भलै उनको करिअरलाई फाइदा पुग्ने गरी कुनै भूमिकाले पनि काम गरेन ।

चलचित्र ‘सानो मन’ बाट भने शिल्पा आशावादी छिन् । रिलिजको मुखमा रहेको यो फिल्मले प्रचारलाई व्यापक बनाउन सकेको छैन । बरु असार २० गते रिलिज हुने भनेको फिल्म असार २७ गते सरेको छ । निर्माण टिमले फिल्मको प्राविधिक काम नसकिएकाले फिल्म सरेको बताए पनि खास गरी सोही मितिमा हलिउड फिल्म ‘स्पाइडर म्यान’ पनि आउने भएपछि फिल्म एक हप्तापछि सरेको बताइन्छ ।

शिल्पाले भने ‘सानो मन’ कथा राम्रो भएकाले आफू फिल्मबाट आशावादी भएको बताउँछिन् । शिल्पाले फिल्मको तारिफ गरिरहँदा फिल्मले भने कुनै हाइप बनाउन सकेको छैन । फिल्मका अभिनेता आयुष्मान देशराज जोशीको पनि कुनै क्रेज देखिएको छैन । ‘ब्रेकअप’ बाट असफलताको स्वाद चाखेकी शिल्पा र ‘प्रेम दिवस’ बाट झनै असफलताको स्वाद चाखेका आयुष्मानले फेरि लभस्टोरी फिल्ममार्फत दर्शकसँग साक्षात्कार गर्दैछन् ।

रिलिजको मिति नजिकिँदै गर्दा खासै चर्चा नरहेको फिल्म ‘सानो मन’ ले शिल्पाको वृत्तिले यो फिल्मलाई कति फाइदा पु–याउँछ, त्यो भने हेर्न बाँकी छ । फिल्म फेरि पनि दर्शकको रोजाइमा परेन भने शिल्पाको करिअर नै पछि धकेलिन धेरै समय लाग्ने छैन ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  १ : ५७ बजे

राप्ती गाउँपालिका कार्यालयमा ‘एयर पोलुशन स्टेशन’ स्थापना

दाङ– राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेशन’ राखिएपछि प्रदूषणको

विश्वकपका रेफ्रीलाई अमेरिकाले प्रवेश रोकेकोमा सोमालियाको आपत्ति

मोगादिसु – सोमालियाको फुटबल महासंघले आफ्ना पुरस्कार विजेता रेफ्री ओमार

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल

रास्वपाको चुनावी भिडियो विवाद: ‘हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन