धरापमा रहेको शिल्पाको करिअरलाई ‘सानो मन’ ले राहत देला ? « Khabarhub

धरापमा रहेको शिल्पाको करिअरलाई ‘सानो मन’ ले राहत देला ?


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नायिका शिल्पा मास्केलाई यसअघि फिल्म ‘ब्रेकअप’ मा आशिरमान जोशीकी ‘प्रेमिका’ का रुपमा दर्शकले पर्दामा देखे । यो फिल्मले बक्स अफिसमा खासै व्यापार गर्न सकेन । संयोग नै भन्नुपर्छ, फिल्म ‘सानो मन’ मा शिल्पाले आशिरमानका दाइ आयुष्मान जोशीसँग जोडी बाँधेकी छिन् । जुन फिल्म रिलिजको क्रममा छ ।

त्यसो त शिल्पाले हलिउडको फिल्म ‘डाक्टर स्ट्रेन्ज’ मा निभाएको सानो भूमिका र ‘कागजपत्र’ मा निभाएको भूमिकाबाट तारिफ बटुलिन् । भलै उनको करिअरलाई फाइदा पुग्ने गरी कुनै भूमिकाले पनि काम गरेन ।

चलचित्र ‘सानो मन’ बाट भने शिल्पा आशावादी छिन् । रिलिजको मुखमा रहेको यो फिल्मले प्रचारलाई व्यापक बनाउन सकेको छैन । बरु असार २० गते रिलिज हुने भनेको फिल्म असार २७ गते सरेको छ । निर्माण टिमले फिल्मको प्राविधिक काम नसकिएकाले फिल्म सरेको बताए पनि खास गरी सोही मितिमा हलिउड फिल्म ‘स्पाइडर म्यान’ पनि आउने भएपछि फिल्म एक हप्तापछि सरेको बताइन्छ ।

शिल्पाले भने ‘सानो मन’ कथा राम्रो भएकाले आफू फिल्मबाट आशावादी भएको बताउँछिन् । शिल्पाले फिल्मको तारिफ गरिरहँदा फिल्मले भने कुनै हाइप बनाउन सकेको छैन । फिल्मका अभिनेता आयुष्मान देशराज जोशीको पनि कुनै क्रेज देखिएको छैन । ‘ब्रेकअप’ बाट असफलताको स्वाद चाखेकी शिल्पा र ‘प्रेम दिवस’ बाट झनै असफलताको स्वाद चाखेका आयुष्मानले फेरि लभस्टोरी फिल्ममार्फत दर्शकसँग साक्षात्कार गर्दैछन् ।

रिलिजको मिति नजिकिँदै गर्दा खासै चर्चा नरहेको फिल्म ‘सानो मन’ ले शिल्पाको वृत्तिले यो फिल्मलाई कति फाइदा पु–याउँछ, त्यो भने हेर्न बाँकी छ । फिल्म फेरि पनि दर्शकको रोजाइमा परेन भने शिल्पाको करिअर नै पछि धकेलिन धेरै समय लाग्ने छैन ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  १ : ५७ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन