चीनले किन पठायो हजारौं सेना हङकङ ? « Khabarhub

चीनले किन पठायो हजारौं सेना हङकङ ?


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन–हङकङमा पछिल्लो समय लोकतन्त्रवादी अभियानका क्रममा प्रदर्शन चर्काइएको छ । विवादास्पद सुपुर्दगी विधेयकको विरोधबाट शुरु भएको आन्दोल अधिक लोकतन्त्र, व्यक्तिगत स्वतन्त्रता तथा स्वायत्ततामा केन्द्रित भएर चर्किएको छ ।

चिनियाँ दबाबकाबीच पनि विगत १३ सातादेखि प्रदर्शन जारी राखिएको छ । प्रदर्शन जारी रहेकै बेला चीनले विहीबार मात्रै हजारौं सेना हङकङ पठाएको छ ।

हङकङको आन्दोलन हिंशातर्फ उन्मुख भएपछि बिहीबार चीनले हजारौं सेनालाई त्यसतर्फ पठाएको जनाएको छ।

पिपुल्स लिबरेसन आर्मीलाई उदृत गर्दै चिनीयाँ समाचार संस्था सिन्हवाले लेखेको छ, “चिनियाँ सेनाले हङकङमा ‘शान्ति र स्थायित्व’का लागि महत्वपूर्ण योगदान गर्नेछ । चीनले ‘योजनाबमोजिम’ नै सेना त्यसतर्फ पठाएको जनाएको छ । कुनै समय बेलायतको अधिनमा रहेको हङकङमा एसियन र पश्चिमी कूटनीतिज्ञहरुले पीएलएका पछिल्ला गतिविधिलाई नियालिरहेका छन् ।

रक्षा मन्त्रालयका प्रवक्ता रेन गुओसीङले हङकङका आन्दोलनकारीहरुले त्यहाँको कानुनको सम्मान गर्नुपर्ने र सेनाले त्यहाँको भूभागको रक्षाका लागि काम गर्ने बताएका छन् । पीएलएका लेफ्टिनेन्ट कर्नेल याङ जेङले भने, “हामीले यहाँ आउनुभन्दा पहिले अवस्थाको बारेमा अध्ययन गर्‍यौं । त्यसपछि हामीले यहाँको सुरक्षा व्यवस्थालाई कायम गर्नका लागि तालिम बढायौं ।”

अघिल्लो साता चीनले सीमा क्षेत्रमा सेना खटाएको भन्दै व्यापक बहस भएको थियो । चीनले हङकङमा सुरक्षा स्थिति खस्किएर संकट पैदा भइरहँदा आफू हेरेर नबस्ने चेतावनी दिएको थियो । हङकङमा प्रदर्शनकारीहरुले शनिबार बृहत र्‍याली निकाल्ने योजना बनाएका छन् ।

बेइजिङको मुख्य प्रतिनिधि कार्यालय रहेको हङकङको व्यापारिक केन्द्रमा नागरिक अधिकार मञ्‍चले र्‍याली आयोजना गर्ने जनाएको छ । तर, प्रहरीले भने उक्त क्षेत्रमा र्‍याली निकाल्न प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ८ : १३ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा