असुरक्षित बने लोपोन्मुख हाइना « Khabarhub

असुरक्षित बने लोपोन्मुख हाइना


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान- सल्यानमा पछिल्लो समय लोपोन्मुख जनावर हाइना (हुडार) असुरक्षित बन्न थालेका छन् । बितेका तीन महीनामा घाइते अवस्थामा फेला परेका तीन हाइनामध्ये दुई उपचारका क्रममा मरेका छन् ।

बुधबार छत्रेश्वरी गाउँपालिका–६ भोटेचौरमा ढाड भाँचिएको अवस्थामा स्थानीयले फेला पारेका हाइनालाई उद्धार गरेर बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको छ । यसअघि पनि घाइते अवस्थामा फेला परेका दुई हाइना डिभिजन वन कार्यालयमा उपचारका क्रममै मरेका थिए । स्थानीय भाषामा गधेबाघको नाममा परिचित हाइनालाई मानिसले विभिन्न स्थानमा पासो थाप्ने गरेकाले पासोमा परेर घाइते भएको हुनसक्ने डिभिजन वन कार्यालयका प्रमुख थिरबहादुर कार्कीले जानकारी दिए ।

‘जङ्गली जनवारबाट स्थानीयले बच्न घर वरिपरि पासो थाप्ने र त्यसमा अल्झेर हाइना परेको हुनसक्छ’, प्रमुख कार्कीले भने, ‘हुडारलगायतका जनवारले सडक पार गर्दा पनि तीव्र गतिमा रहेका सवारीसाधनले ठक्कर दिएर पनि घाइते भएका हुनसक्छन्, जिल्लाका अधिकांश सडकबाट जङ्गली जनावर वारपार गर्ने भएकाले पनि धेरै खतरामा परेका छन् ।’

हुँडार भनेर पनि चिनिने हाइना नेपालको संरक्षित र लोपोन्मुख जनावरमा पर्दछ । वन कार्यालयका अनुसार नेपालको दाङ र सल्यानमा पाइने हाइना सीमित सङ्ख्यामा छन् । नेपाललगायत अफ्रिका तथा एशियाका जङ्गलमा हाइना पाइन्छ तर अन्य देशको भन्दा नेपालको हाइना सुन्दर देखिने डिभिजन वन प्रमुख कार्कीले बताए । डिभिजन कार्यालयका अनुसार नेपालमा हाइना २०० भन्दा बढी सङ्ख्यामा छैनन् ।

मरेको जनावरको सिनो खाने हाइनाअर्थात् हुडारले पछिल्लो समय बस्तीमा छिरेर कुखुराको खोर भत्काएर कुखुरालाइ पनि खाने गरेको स्थानीय बताउँछन् । कुखुरा खान गाउँमा पसेका हुडारलाई विष राखेर मार्ने गरेकाले हाइना सङ्कटमा पर्ने गरेको डिभिजन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ८ : ४४ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय