बिजुलीको पैसा नतिरेपछि पाकिस्तानी प्रधानमन्त्री कार्यालयको लाइन काट्ने सूचना « Khabarhub

बिजुलीको पैसा नतिरेपछि पाकिस्तानी प्रधानमन्त्री कार्यालयको लाइन काट्ने सूचना


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको विद्युत कम्पनीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सचिवालयको बिजुलीको लाइन काट्ने चेतावनीसहितको पत्र काटेको छ ।

प्रधानमन्त्री कार्यालयले बिजुलीको बीलको रकम नतिरेपछि लाइन काट्ने चेतावनीसहितको पत्र लेखेको हो । सचिवालयले तिर्नुपर्ने बक्यौता रकम करोड नाघे पछि कम्पनीले सूचना जारी गरेको छ ।

पटक-पटक बिल तिर्न सचिवालयलाई ताकेता गरेपनि समयमा पैसा नपाएपछि कम्पनीले बिजुली काट्ने सूचना निकालेको हो । इस्लामावाद विद्युत वितरण कम्पनीले बुधबार एक सूचना जारी गर्दै खानको सचिवालयको बिजुली काट्ने बताएको हो।

पाकिस्तानका संचारमाध्यम खलिज टाइम्सका अनुसार प्रधानमन्त्री इमरानको सचिवालयले यस महिना तिर्नुपर्ने ४१ लाख र गत महिनाको ३५ लाख बिजुली विल नतिरेको जनाएका छन्।

कम्पनी निकट श्रोतका अनुसार कयौं पटक ताकेता गर्दा पनि सचिवालयले बिल तिर्न अटेर गर्दै आएको छ। ‘यो सचिवालयको दोहिरिरहने समस्या हो। हामीले बक्यौता रकम पाएनौं भने लाइन काट्छौ’, कम्पनी श्रोतले भन्यो।

बितेका वर्षहरूमा पाकिस्तानमा बिजुलीको पैसा नतिरिने समस्या ठूलो बन्दै गएको छ। गर्मीका महिनाहरूमा १२-१२ घण्टासम्म पाकिस्तानमा लोडसेडिङ् हुने गरेको छ। सन् २०१३ मा अत्यधिक बहुमतले चुनाव जितेको इमरानले त्यतिबेला आगामी निर्वाचनसम्म बिजुली समस्या पूर्णरूपमा हल गर्ने वाचा गरेको थियो।

पछिल्लो समय पाकिस्तानको आर्थिक अवस्था खस्किदैं गएको छ र त्यसको असर सबैतीर देखिन थालेको छ। केहीसमय अगाडी प्रधानमन्त्री इमरानले पाकिस्तानसँग पैसा नभएको र राष्ट्रिय ढुकुटी रित्तिएको बताएका थिए।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  १२ : ०८ बजे

काठमाडौंमा १८औँ संस्करणको नाडा अटो शो २०२६ सुरु (तस्बिरहरू)  काठमाडौं- 

इरान युद्धले नेतान्याहुलाई उल्टो दबाब

जेरुसेलम– इरानमाथि सैन्य कारबाही गर्न दशकौँदेखि अमेरिकालाई दबाब दिँदै आएका

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौं– वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य