बिजुलीको पैसा नतिरेपछि पाकिस्तानी प्रधानमन्त्री कार्यालयको लाइन काट्ने सूचना « Khabarhub

बिजुलीको पैसा नतिरेपछि पाकिस्तानी प्रधानमन्त्री कार्यालयको लाइन काट्ने सूचना


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको विद्युत कम्पनीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सचिवालयको बिजुलीको लाइन काट्ने चेतावनीसहितको पत्र काटेको छ ।

प्रधानमन्त्री कार्यालयले बिजुलीको बीलको रकम नतिरेपछि लाइन काट्ने चेतावनीसहितको पत्र लेखेको हो । सचिवालयले तिर्नुपर्ने बक्यौता रकम करोड नाघे पछि कम्पनीले सूचना जारी गरेको छ ।

पटक-पटक बिल तिर्न सचिवालयलाई ताकेता गरेपनि समयमा पैसा नपाएपछि कम्पनीले बिजुली काट्ने सूचना निकालेको हो । इस्लामावाद विद्युत वितरण कम्पनीले बुधबार एक सूचना जारी गर्दै खानको सचिवालयको बिजुली काट्ने बताएको हो।

पाकिस्तानका संचारमाध्यम खलिज टाइम्सका अनुसार प्रधानमन्त्री इमरानको सचिवालयले यस महिना तिर्नुपर्ने ४१ लाख र गत महिनाको ३५ लाख बिजुली विल नतिरेको जनाएका छन्।

कम्पनी निकट श्रोतका अनुसार कयौं पटक ताकेता गर्दा पनि सचिवालयले बिल तिर्न अटेर गर्दै आएको छ। ‘यो सचिवालयको दोहिरिरहने समस्या हो। हामीले बक्यौता रकम पाएनौं भने लाइन काट्छौ’, कम्पनी श्रोतले भन्यो।

बितेका वर्षहरूमा पाकिस्तानमा बिजुलीको पैसा नतिरिने समस्या ठूलो बन्दै गएको छ। गर्मीका महिनाहरूमा १२-१२ घण्टासम्म पाकिस्तानमा लोडसेडिङ् हुने गरेको छ। सन् २०१३ मा अत्यधिक बहुमतले चुनाव जितेको इमरानले त्यतिबेला आगामी निर्वाचनसम्म बिजुली समस्या पूर्णरूपमा हल गर्ने वाचा गरेको थियो।

पछिल्लो समय पाकिस्तानको आर्थिक अवस्था खस्किदैं गएको छ र त्यसको असर सबैतीर देखिन थालेको छ। केहीसमय अगाडी प्रधानमन्त्री इमरानले पाकिस्तानसँग पैसा नभएको र राष्ट्रिय ढुकुटी रित्तिएको बताएका थिए।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  १२ : ०८ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले