सुडान घोटाला प्रकरणका दोषी ठेकेदार शम्भु भारती पक्राउ « Khabarhub

सुडान घोटाला प्रकरणका दोषी ठेकेदार शम्भु भारती पक्राउ


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बहुचर्चित सुडान घोटाला प्रकरणका दोषी ठहर भएका अभियुक्त शम्भु भारती पक्राउ परेका छन् ।

डडेल्धुराको रुपाल घर घइ ललितपुरको भैंसीपाटी बस्दै आएका भारतीलाई शुक्रबार विहान पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले जनाएको छ ।

बहुचर्चित सुडान घोटाला प्रकरणमा सर्वोच्च अदालतले उनीविरुद्ध १ वर्ष कैद र १४ करोड २० लाख ८ हजार ३ रुपैयाँ बिगो सजाय सुनाएको थियो ।

सर्वोच्चले १७ वैशाख २०७४ मा उनीविरुद्ध फैसला सुनाएपछि भारती भने फरार थिए ।

शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघअन्तर्गत सुडानको डार्फरमा खटिने नेपाली प्रहरीको टोलीका लागि आवश्यक बन्दोबस्तीको सामान खरिदका लागि भारतीले बेलायतको एस्युअर्ड रिस्क कम्पनीको स्थानीय प्रतिनिधिका रुपमा सम्झौता गरेका थिए ।

भारतीले नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक (आईजी) ओमबिक्रम राणासँगको मिलेमतोमा सामानको स्पेसिफिकेसन र क्याटलग बिनौ नै सामानको दररेट बनाउन लगाएको सर्वोच्चले ठहर गरेको थियो ।

भारतीले सुडानको डार्फरमा खटिएको प्रहरी टोलीका लागि आवश्यक पर्ने एपीसी लगायतका बन्दोबस्तीका सामग्री खरिद गर्दा कमसल सामग्री उपलब्ध गराएर अनियमितता गरेको भन्दै सर्वोच्चले उनलाई दोषी ठहर गरेको थियो ।

सुडान घोटाला प्रकरणमा नेपाल प्रहरीका पूर्व महानिरीक्षकहरु ओमबिक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरी पनि दोषी ठहर भएका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  १२ : २२ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ