२३ गाई मृत भेटिए « Khabarhub

२३ गाई मृत भेटिए


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेको नेपालगञ्जबाट दैलेखतर्फ लैजान लागिएका गाई वीरेन्द्रनगरमा मृत भेटिएका छन् । नेपालगञ्जको कान्जीहाउसबाट ल्याइएका २९१ गाईमध्ये वीरेन्द्रनगरको कटकुवा जङ्गलमा २३ गाई मृत भेटिएका हुन् ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक उदयसिंह सिजापतिले आठ ट्रकमा ल्याइएका गाईहरु आज बिहान करीब साढे तीन बजेतिर कटकुवा जङ्गलमा छाडिएको बताए ।

९ गाईलाई भीरबाट खसालेर मारेको पाइएको छ । जङ्गलमा फेला परेकामध्ये १५० भन्दा बढी चौपाया घाइते अवस्थामा छन् । ‘हिजो राति साढे १२ बजे चौपाया बोकेका आठ ट्रक सुब्बाकुना प्रहरी चौकीमा इन्ट्री भएको देखिन्छ”, प्रहरी निरीक्षक सिजापतिले भने ।

स्थानीयले सामूहिक गौहत्या गरिएको आरोप लगाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गरेका छन् । प्रहरीले चौपाया छाडेर नेपालगञ्ज फर्कँदै गरेका पाँच ट्रकलाई बबईबाट नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  १ : २४ बजे

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.