नाडा अटो शोः इलेक्ट्रिक सवारी साधनमा बढ्दो आकर्षण (फोटो फिचर) « Khabarhub

नाडा अटो शोः इलेक्ट्रिक सवारी साधनमा बढ्दो आकर्षण (फोटो फिचर)


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल अटोमोबाइल्स एसोसिएसनको आयोजनामा शुरु भएको नाडा अटो शो काठमाडौँमा जारी छ । हरेक वर्ष दशैअघि आयोजना हुँदै आएको अटो शोको १४ औँ संस्करणमा यसपाली इलेक्ट्रिक सवारी साधनको सबैभन्दा बढि चाप देखिएको छ ।

सरकारले इलेक्ट्रिक सवारी साधनको प्रयोग बढाउने रणनीति लिएका बेला अटो शोमा समेत त्यस्तै सवारी साधनको चाप देखिएको हो । शनिबारसम्म चल्ने शोमा १ सय ६० वटा स्टल र ब्लकहरु रहेका छन् ।

शोमा २३ ब्रान्डका चारपांग्रे सवारीसाधन, १९ ब्रान्डका दुई पांग्रे, १२ ब्रान्डका लुब्रिकेन्ट, नौ ब्रान्डका टायर, पाँच ब्रान्डका ब्याट्री, १४ पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनी तथा १३ वटा वित्तीय संस्थाहरु समेत सहभागी छन् । शोमा पहिलोपटक बैंक तथा वित्तीय संस्थाको समेत सहभागिता रहेको छ ।

त्यसबाहेक विवाइडी कम्पनीले इलेक्ट्रिक कार शोमा राखेको छ । शोमा विवाईडी मोटर्सको नेपालको आधिकारिक विक्रेता सिमेक्स इंक प्रालिले नेपाल भित्र्याएको विद्युतीय कार एम–३ को लञ्च समेत गरिएको छ । ७ र ५ सिट क्षमताको कारको नेपालमा ४९ र ४८ लाख रुपैँया तोकिएको छ । एकपटक चार्ज गरिसकेपछि झण्डै ४ सय किलोमिटर गुडन सक्ने कार किन्दा एकवर्षसम्म निशुल्क चार्ज गर्न पाउने, निशुल्क सर्भिसिङको व्यवस्था लगाएत कैयौँ सहुलियतको व्यवस्था गरिएको म्यानेजर शाहिल श्रेष्ठले जानकारी दिए ।

 

विवाइडी को ई–६ मोडलका कारहरु राष्ट्रपति विद्यादेवी भण्डारीसहित उर्जामन्त्री, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुमान घिसिङसहितका उच्च अधिकारीहरुले कार खरिद गरिसकेका छन् ।

शोमा महिन्द्राको उत्पादन एक्सयूभी ३०० समेत शोमा लञ्च गरिएको छ । दुई इन्जिन अप्सन र ४ भेरिएन्टमा उपलब्ध एसयूभीमा ७ एयरब्याग, फ्रन्ट पार्किङ सेन्सर, हिटेड विङ मिरर, एन्टी पिन्चको साथमा इलेक्ट्रिक सनरुफ, ड्युअल जोन क्लाइमेट कन्ट्रोल, स्टेयरिङ मोड्स र अल ह्विल डिस्क ब्रेक जस्ता फिचर छन् ।

शोमा होन्डाको २२ लाख ७५ हजार रुपैयाँ पर्ने नयाँ बाइक सीबी ४०० एसएफ समेत आकर्षणका रुपमा देखिएको छ । ३९९ सीसीको लिक्विड कुल्ड, फोर स्ट्रोक, डीओएचसी फोर भल्व एफआई इन्जिनसहितको मोटरसाइकलमा १८ लिटरको ट्यांकी रहेको छ ।

त्यस्तै टाटा गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले शोमा २४ किलोमिटर प्रतिलिटर माइलेज दिने ८ वटा एयर ब्याग भएको टाटाले ५६ लाख ५५ हजार रुपैयाँ मुल्यसहित नयाँ कार एच ५ सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ७ : ०९ बजे

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

प्रविधिको प्रयोग गरी क्षयरोगीको खोजी

पाल्पा – पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोगी पहिचान सुरु