मानव सेवा आश्रमलाई काठमाडौं महानगरले दियो सवारी साधन | Khabarhub Khabarhub

मानव सेवा आश्रमलाई काठमाडौं महानगरले दियो सवारी साधन


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सडकमा भएका बेवारिसे व्यक्तिहरुलाई उद्धार तथा व्यवस्थापन कार्यमा प्रयोग गर्ने गरी काठमाडौं महानगरपालिकाले मानव सेवा आश्रमलाई १ थान सवारी साधन हस्तान्तरण गरेको छ ।

शुक्रबार एक कार्यक्रमको महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले आश्रमका अध्यक्ष रामजी अधिकारीलाई बोलेरो गाडी सम्बन्धि कागजपत्र र साँचो हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा प्रमुख शाक्यले समृद्ध महानगर निर्माणका लागि आन्तरिक सुधारका कार्यक्रमसँगै वाह्य साझेदारिता र समन्वय बढाइएको बताए।

वातावरणमैत्री सवारी प्रवर्धनका लागि साझा यातायातसँग अघि बढाएको साझेदारिता कार्यक्रममा अहिले प्रदेश र संघ सरकारको पनि लगानी थपिएको छ । त्यसमा संकलन भएको ३ अर्व ४५ करोड रुपैयाँ खर्च गरेर बिद्युतीय सवारी साधन खरिद गर्दैछौं । यता मानव सेवा आश्रमसँग वेसहारा मानिसको उद्धार, उपचार, खानपान र बासका लािग थालिएको साझेदारिताबाट ५४५ जना सहयोगापेक्षीमा लाभ पुगेको छ ।

मेयर शाक्यले भने, ‘सहरी समृद्धिका लागि बाह्य सञ्जालको कुरा गर्दै सवारी साधन मेरो भूगोलमा मात्र गुडाउँछु भन्दा अपरिपक्व हुन्छ । मेरो ठाउँमा मात्र सफा भए पुग्छ भनेर कार्यक्रम गरियो भने बाहिरको फोहोर आएर उस्तै हुन्छ । त्यसैले भित्र र बाहिर दुवैतिरको सुधारमा हाम्रो कार्यक्रम अघि बढेको छ ।’

कार्यक्रममा प्रदेश सभा सदस्य दीपक निरौलाले पारिवारिक र सामाजिक कारण अलपत्र परेका मानिसलाई परिवारमा पुनर्मिलन गराउने कामको प्रशंशा गर्दै, यसमा प्रदेश सरकार पनि साझेदार बन्न तयार रहेको बताए । त्यस्तै, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले मानव सेवा आश्रमसँग मिलेर गरेको कामबाट आत्म सन्तुष्टि प्राप्त हुने गरेको बताइन् ।

महानगरसँग आश्रमले सहमति गरेपछिका उपलब्धीका बिषयमा कुरा गर्दै आश्रमका प्रमुख संरक्षक डा गोबिन्द टण्डनले २०८२ सम्ममा नेपाललाई सहयोगापेक्षी सडकमानवरहित बनाउने योजना महानगरको सहयोगमा लक्ष्य अघि नै पूरा गर्न सकिने संकेत देखिएको बताए ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  १० : ४५ बजे

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

‘विपद् व्यवस्थापनमा तीनै तहको उत्तिकै दायित्व’

काठमाडौं – नेपालमा मनसुन भित्रिने सङ्घारमा रहेका बेला राष्ट्रिय विपद्

विद्युत अवरूद्ध हुँदा काठमाडौं अन्धकार (तस्बिरहरू)

काठमाडौं – बिहीबार साँझ काठमाडौंसहित देशका पूर्वी र मध्यभागका अधिकांश

गाजामा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या सय नाघ्यो

गाजा – प्यालेस्टिनी उद्धारकर्ताहरूले बिहीबार प्रतिबन्धित गाजामा इजरायली आक्रमणमा १००

अधोगति लागेको बोइङलाई कतारको राहत

काठमाडौं– पछिल्लो समय अमेरिकी राष्ट्रपति र हवाइजहाजसँग जोडिएका समाचार निरन्तर