खेलकुदका माध्यमबाट समृद्धि सम्भवः मन्त्री विश्वकर्मा « Khabarhub

खेलकुदका माध्यमबाट समृद्धि सम्भवः मन्त्री विश्वकर्मा


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद क्षेत्रलाई अझ उँचो बनाउन र यस क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न नयाँ विधेयक आएको स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समितिकोे आजको बैठकमा विधेयक संशोधनकर्ता सांसदले उठाएका विभिन्न जिज्ञासाको जवाफ दिँदै मन्त्री विश्वकर्माले विधेयकले खेलकुद परिषद्को कार्य सम्पादनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

उनले भने, उ “खेलकुदको माध्यमबाट समृद्धि हासिल गर्ने सरकारको प्राथमिकता रहेको छ, देशको प्रतिष्ठा उँचो बनाउन खेलकुदको थप अभिवृद्धि गर्नु जरुरी छ ।”

उनले खेलकुदको थप पूर्वाधार विकास गरिने र पर्यटकीय तथा साहसिक खेलकुदको विकास र विस्तार गरिने जानकारी दिँदै खेलकुदलाई राजनीतिक विचारभन्दा माथि उठाउने प्रतिबद्धतासमेत जनाए ।

समितिका सदस्य दिव्यमणि राजभण्डारीले विधेयकमाथि संशोधन प्रस्तुत गर्दै खेलकुद परिषद्को सट्टा खेलकुद प्राधिकरण बनाउन, परिषद्का उपाध्यक्षभन्दा कार्यकारी निर्देशक बनाउन सुझाव दिए ।  उनले भने, “खेलकुद क्षेत्रलाई राजनीतिक आस्था, विचार र प्रभावभन्दा माथि उठाउन जरुरी छ ।”

समितिका अर्का सदस्य विमला विश्वकर्माले विधेयकले समावेशीतामा ध्यान नदिएको चर्चा गर्दै खेल मिलेमतो गर्ने खेलाडिमाथि कारवाहीको दायरा बढाउन माग गरे । प्रस्तावित विधेयकले खेल मिलेमतो गर्ने खेलाडीलाई एक वर्षसम्म कैद र रु एक लाखसम्मको जरिवानाको प्रावधान राखेको छ ।

समितिका सदस्य जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रलाई अझ विकास र विस्तार गर्न लगानी बढाउन आवश्यक रहेकोमा जोड दिँदै उनले लगानीले मात्र राम्रो नतिजा निकाल्न सकिने धारणा राखे । राष्ट्रियसभाबाट पारित भई आएको सो विधेयकमाथि १५ संशोधन परेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ७ : ३९ बजे

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा १२ कोठा थप

बागलुङ– कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती